PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राष्ट्रिय सभा निर्वाचन उम्मेदवारले ३ लाख ५० हजार खर्च गर्न छुट



पहिलोपोस्ट

राष्ट्रिय सभा निर्वाचन उम्मेदवारले ३ लाख ५० हजार खर्च गर्न छुट

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ। आज बसेको आयोगको बैठकले आगामी माघ २४ गते हुने निर्वाचनका लागि उम्मेदवारले अधिकतम ३ लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च गर्न नपाउने निर्णय गरेको हो।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को तफा ६४ बमोजिम निर्वाचन खर्चको हद तोकेको हो। 

आयोगका अनुसार खर्च सीमालाई यसरी निर्धारण गरिएको छ –
१.    मतदाता नामावली खरिद – १०००
२.    सवारी साधन – ७००००
३.    सवारी इन्धन – १००००
४.    प्रचार प्रसार सामग्री – १४५००
५.    ढुवानी – १००००
६.    गोष्ठी/अन्तर्क्रिया – १०००००
७.    अन्य प्रचार/छापा/विद्युतीय माध्यम – १४५००
८.    कार्यालय सञ्चालन – ७००००
९.    प्रतिनिधि परिचालन – ३००००
१०.    विविध – ३००००
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell