PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

ज्यासन रोएको कीर्तिमानी शतकमा इंगल्याण्डको जित, सिरिजमा १-० को अग्रता



पहिलोपोस्ट

ज्यासन रोएको कीर्तिमानी शतकमा इंगल्याण्डको जित, सिरिजमा १-० को अग्रता

ज्यासन रोएले कीर्तिमानी शतक बनाएपछि पहिलो एकदिवसीय खेलमा इंगल्याण्डले अष्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै ५ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।

रोएले १८० रन बनाएपछि ३०५ रनको लक्ष्य इंगल्याण्डले ५ बल अगाडी ५ विकेट गुमाएर पूरा गरेको हो। १५१ बल खेलेका रोएले १६ चौका र ५ छक्का प्रहार गरे।

रोए इंगल्याण्डका लागि एकै खेलमा सर्वाधिक व्यक्तिगत रन बनाउने खेलाडी समेत बनेका छन्। यसअघि एलेक्स हाल्सले १७१ रन बनाएको थियो। यस्तै मेलवर्न क्रिकेट ग्राउण्डमा यो कुनै पनि खेलाडीले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर हो। मेलवर्नमा यसअघि अष्ट्रेलियाका मार्क वाँले १७३ रन बनाएका थिए।

इंगल्याण्डको जितमा जो रुटले नटआउट ९१ रनको योगदान गरे भने जोनी ब्रेस्ट्व १४ रन जोडे। रोए र रुटले तेस्रो विकेटका लागि २२१ रनको सार्टनरसिप गरेका थिए।

अष्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिङ्सले २-२ तथा मार्कुस स्टोइनिसले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले आरो फिन्चको शतक मद्दतमा ८ विकेठ गुमाएर ३०४ रन बनाएको थियो। ११९ बल खेलेका फिन्चले १० चौका र ३ छक्काको मद्दतमा १०९ रन बनाए।

यस्तै मिचेल मार्स र स्टोइनिसले अर्धशतक पूरा गरे। स्टोइनिसले ६० तथा मार्सले ५० रन बनाए। टिम पेनले २७ तथा कप्तान स्टिभ स्मिथले २३ रन जोडे।

बलिङमा इंगल्याण्डका लियम प्लनकेटले ३ तथा एदिल रसिदले २ विकेट लिए।

यसअघि एसेस सिरिजमा ४-० को हार बेहोरेको इंगल्याण्डले पहिलो एकदिवसीय खेल जित्दै अग्रता बनाएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell