PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

३१ दिनदेखि बन्द किस्ट मेडिकल कलेज खोल्न अदालतको आदेश



३१ दिनदेखि बन्द किस्ट मेडिकल कलेज खोल्न अदालतको आदेश

काठमाडौँ : ३१ दिनदेखि बन्द रहेको किस्ट मेडिकल कलेजलाई खोल्न पाटन उच्च* अदालतले आज आदेश दिएको छ।

पारिश्रमिक वृद्धि लगायत अन्य माग राखेर कर्मचारीहरुले कलेज बन्द गरेपछि कलेज प्रशासन कर्मचारी संगठनलाई विपक्षी बनाएर अदालत पुगेको थियो। अतिआवश्यक सेवामा बन्द हड्ताल गर्न नपाइने भन्दै अदालतले कलेज खोल्न आदेश जारी गरेको हो।

आन्दोलनका कारण ल्याब, एक्स रे लगायतका सेवा बन्द हुँदा इमर्जेन्सी सञ्चालनमा थिएन भने कलेजको सबै ब्याचको पढाइ बन्द थियो। आइओएमले लिने परीक्षा पनि रोकिएको थियो।

(*यसअघिको समाचारमा सर्वोच्च अदालत उल्लेख भएकोमा सच्याइएको छ। आदेश पाटन उच्च अदालतले दिएको हो- सम्पादक)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell