PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

संखुवासभामा जिप दुर्घटना: गाउँपालिका अध्यक्षसहित पाँचको मृत्यु



पहिलोपोस्ट

संखुवासभामा जिप दुर्घटना: गाउँपालिका अध्यक्षसहित पाँचको मृत्यु
फाइल फोटो

काठमाडौं: संखुवासभाको मकालु गाउँपालिका-३, सामाटारमा जिप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ। घटनामा परी मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटवालको मृत्यु भएको पुष्टि भएको छ।

'खाँदबारीबाट पुननिर्माण प्राधिकरणका कर्मचारी बोकेर भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जिप मकालु दुर्घटनामा भएको हो,' संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए। 

मृत्यु हुनेमध्ये कटवाल र सुरेश राईको भने सनाखत भएको छ। स्थानीय तह निर्वाचनमा कटवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। जिपमा पाँच वा छ जना कति थिए भने खुल्न नसकेको जोशीले बताए। मृत्यु हुनेहरु काठमाडौंबाट कामको सिलसिलामा संखुवासभा पुगेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell