PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रिमियर लिग : दश खेलाडीको लेस्टरसँग बराबरीमा रोकियो चेल्सी



पहिलोपोस्ट

प्रिमियर लिग : दश खेलाडीको लेस्टरसँग बराबरीमा रोकियो चेल्सी

प्रिमियर लिगमा शनिवार भएको खेलमा साविक विजेता चेल्सी दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको लेस्टर सिटीसँग गोलरहित बराबरीमा रोकिएको छ।

चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा लेस्टर दोस्रो हाफमा दश खेलाडीमा झरेको थियो। तर घरेलु मैदानमा चेल्सीले त्यसको फाइदा उठाउन सकेन।

६८औँ मिनेटमा बेन चिलवेल दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि लेस्टरले अन्तिम २२ मिनेट १० खेलाडीमा रहेर खेलेको थियो।

प्रिमियर लिगकै अन्य खेलमा वेष्टहम र क्रिस्टल प्यालेसले जित हात पारेका छन्। वेष्टहमले हडर्शफिल्ड टाउनलाई ४-० ले पराजित गर्दा प्यालेसले बर्नलीलाई १-० ले हरायो। जितपछि समान २३ खेलबाट २५-२५ अंक जोडेको वेष्टहम र प्यालेस एघारौँ र १२औँ स्थानमा छन्। यस्तै ब्राइटनलाई २-० ले पराजित गरेको वेष्टब्रोम पूछारबाट दोस्रोमा उक्लेको छ। अन्य खेलमा वाटफोर्ड र साउथह्याम्पटनले २-२ तथा न्यूकासल युनाइटेड र स्वान्सी सिटीले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell