PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

ला लिगा : खेल सकिन ३ मिनेट अगाडी गोल खाएपछि रियल मड्रिड भियारियलसँग पराजित



पहिलोपोस्ट

ला लिगा : खेल सकिन ३ मिनेट अगाडी गोल खाएपछि रियल मड्रिड भियारियलसँग पराजित

खेल सकिन ३ मिनेट अगाडी गोल खाएपछि स्पानिस ला लिगामा शनिवार रियल मड्रिड भियारियलसँग पराजित भएको छ।

घरेलु मैदान सान्टियागो वर्नावउमै रियल भियारियलसँग १-० ले पराजित भएको हो। भियारियललाई अन्तिम समयमा खेल जिताउन पाब्लो फर्माल्सले ८७औँ मिनेटमा निर्णायक गोल गरे।

जितपछि १९ खेलबाट ३१ अंक जोडेको भियारियाल पाँचौ स्थानमा यथावत छ तर उसले एक खेल कम खेलेको रियलसँग अंक दुरी १ मा झारेको छ। १८ खेलबाट ३२ अंक रहेकव रियल चौथो स्थानमा छ।

हारपछि रियल मड्रिड शीर्ष स्थानको बार्सिलोनाभन्दा १६ अंकले पछाडी छ तेस्रो स्थानको भ्यालेनसिया भन्दा ५ अंकले पछि छ।

ला लिगाकै अन्य खेलमा गिरोनाले लेगानेसलाई ६-० ले पराजित गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell