PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दमकमा नेपथ्यको कन्सर्ट

दमकमा नेपथ्यको कन्सर्ट

पहिलोपोस्ट /पहिलोपोस्ट


दमक : ब्याण्ड स्थापनाको २५औँ वर्ष मनाइरहेको नेपाली लोक रक ब्याण्ड नेपथ्यले दमकबाट नेपाल यात्रा सुरु गरेको छ। दमक महोत्सव आयोजना भइरहेको समयमा नेपथ्यले शुक्रबार स्थानीय सरस्वती उच्च माध्यमिक विद्यालयको प्रांगणमा कन्सर्ट गरेको हो। जहाँ झण्डै पाँच हजार दर्शकको उपस्थिती थियो।

चौथो पटक दमक सहरमा प्रस्तुती दिएको नेपथ्यले कन्सर्टको सुरुवात दुइवटा चर्चित म्यूजिक भिडियोहरु ‘सा कर्णाली’ र ‘सम्झिराख’ देखाएर गरिएको थियो। छिमेककै पहाडी सहर धनकुटाबाट उदाएर मुलुककै प्रसिद्ध कवि बन्नपुगेका प्राध्यापक तुलसी दिवसले वाल्यकालमै यसै भेगमा सिर्जनागरेको गीत हो ‘सम्झिराख’। यस गीतलाई कन्सर्टको बेलामा दमकमै पहिलोपटक प्रस्तुत गरिएको हो।

म्यूजिक भिडियोको लगत्तै नेपथ्य टोलीले सरुभक्त रचित ‘कुरुप अनुहार हो’ गीतबाट कार्यक्रम सुरु गरेको थियो। त्यसपछि ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ हुँदै ‘आँगनैभरि’ गाउने बेलामा गायक अमृत गुरुङले ब्याण्ड स्थापनाको बेलाका सम्झनाहरु सुनाए।

आफ्नो स्थापनाको रजत महोत्सव मनाइरहेको ब्याण्डले उसको त्यो पहिलो गीत सुनाउने बेला पृष्ठभूमिमा स्थापनाकालीन सदस्यहरुका सम्झनारुपी तस्बिर देखाइएको थियो।

त्यसपछि अमृतले क्रमशः ‘शिरफूल शिरैमा’, ‘लामपाते सुरती’, ‘चरि मर्‍यो’, ‘जोमसोमे बजारमा’ हुँदै फेरि नेपथ्यको पछिल्लो एल्बम ‘ऐनाझ्याल’ मा समेटिएको चर्चित गीत ‘जोगले हुन्छ भेट’ सुनाएका थिए।

कार्यक्रममा ‘तिमी पनि नेपाली’, ‘यो जीन्दगानी’, ‘कोशीको पानी’, ‘हिमाल चुचुरे’, ‘मै नाचे छमछमी’ हुँदै दर्शकहरुले सुरुदेखि माँग गर्दैआएको ‘रेशम’ र ‘तालको पानी’ सुनाइएको थियो।

मुलुकको यात्रामा निस्केको नेपथ्यले अब माघे संक्रान्तिका दिन चितवनस्थित नारायणी नदीको किनारमा प्रस्तुत दिनेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell