PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

आइपीएलको अक्सनका लागि ११२२ खेलाडीको आवेदन, यी हुन चर्चित खेलाडी



पहिलोपोस्ट

आइपीएलको अक्सनका लागि ११२२ खेलाडीको आवेदन, यी हुन चर्चित खेलाडी

११औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)को अक्सनका लागि विश्वभरबाट ११२२ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन्। जनवरी २७ र २८ मा हुने अक्सनका लागि जनवरी १२ सम्म नाम दर्ता गराइसक्नुपर्ने प्रावधान अनुसार २८१ क्याप्ड प्लेअर र ८३८ अनक्याप्ड प्लेअरले नाम दर्ता गराएका हुन्।

अनक्याप्डामध्ये ७७८ खेलाडी भारतका छन्। यस्तै ३ खेलाडी एसोसिएट राष्ट्रबाट छन्।

यसअघि नै रिटेन्टस पोलिसी अनुसार सहभागी ८ टिमले गरी कूल १८ खेलाडी रिटेन्सन गरिएको छ। अब बाँकी टिम निर्माणका लागि अक्सनमा खेलाडी लिलामी हुनेछ।

यसपटक क्रिस गेल, एभिन लेविस, गौतम गम्भिर, युवराज सिंह, क्रिस लिन, ग्लेन म्याक्सबेल, मिचेल स्टार्क, कोलिन मुनरो, रविचन्द्र आश्विन, अजिन्का रहाने, लोकेश राहुल, ड्वाने ब्राभो, किरन पोलार्ड, केन विलियमसन, बेन स्टोक जस्ता खेलाडी अक्सनमा समावेश छन्। यस्तै इंगल्याण्ड टेष्ट टिमका कप्तान जव रुटले पनि यसपटक नाम दर्ता गराएका छन्।

यस पटक कूल २८२ विदेशी खेलाडीले आइपीएलका लागि नाम दर्ता गराएका छन्। जसमध्ये अष्ट्रेलियाबाट सर्वाधिक ५८ खेलाडी छन्। यसैगरी दक्षिण अफ्रिकाबाट ५७, श्रीलंका र वेष्ट इन्डिजबाट समान ३९, न्यूजिल्याण्डबाट ३० तथा इंगल्याण्डबाट २६ खेलाडी छन्। यसबाहेक अफगानिस्तानबाट १३, बंगलादेशबाट ८, जिम्वावेबाट ७ खेलाडीले नाम दर्ता गराएका छन् भने आयरल्याण्डबाट २ खेलाडी छन्।

एसोसिएटमध्ये अमेरिकाबाट २ तथा स्कटल्याण्डबाट १ खेलाडीले नाम दर्ता गराएका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell