PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कांग्रेस नेता महतको डा केसीलाई चेतावनी: अदालतलाई दबाव दिने काम किन?



पहिलोपोस्ट

कांग्रेस नेता महतको डा केसीलाई चेतावनी: अदालतलाई दबाव दिने काम किन?

काठमाडौः नेपाली कांग्रेसका नेता डा. रामशरण महतले जुलुस निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित पार्ने काम नगर्न डाक्टर गोविन्द केसीलाई चेतावनी दिएका छन्। 

रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा डा महतले भने, ‘अदालत भनेको स्वतन्त्र न्यायापालिका हो, यही मान्यता अनुसार स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ, कुनै दबाव वा हस्तक्षेप गर्नुहुँदैन।’

अदालतको विषयमा पार्टीको अडान हुन नहुने उनको भनाई थियो। महतले भने, ‘दलहरुले अदालतलाई प्रभाव पाने कुरा गर्नुहुदैन्, यो गलत हुन्छ।’ महतले गोविन्द केसीले प्रधानन्यायाधीश पराजुलीको राजीनामा मागेको विषयप्रति टिप्पणी गर्दै भने, ‘जहाँसम्म केसीको माग छ, राजिनामा दिने वा नदिने भन्ने कुरा प्रधानन्यायाधीशको आफ्नो कुरा हो, तर आरोपका आधारहरु प्रमाणित गर्नुपर्छ, सत्यता हो कि होईन भन्ने कुरा आउनुपर्छ।’ 

यद्यपि उनले केसीले उठाएका शैक्षिक तथा स्वास्थ्यसम्बन्धी मागहरुमध्ये आफू अर्थमन्त्री हुँदा कतिपय मागहरु पूरा गरिदिएको पनि जानकारी दिए। उनले भने, ‘केसीले उठाएका मेडिकल एजुकेसनसम्बन्धीका मागमा राम्रा कुराहरु छन्, तीनलाई सम्बोधन गर्न मैलेपनि पहल गरेकै हो।’ नेता महतले प्रधानन्यायाधीश वा न्यायाधीशहरुको बारेमा कुनै विवाद भए छानबिन गर्न न्याय परिषद र संवैधानिक परिषद भएकोले यस विषयमा यी दुई निकायले निक्र्यौल गर्ने विषय भएको पनि स्पष्ट पारे। 

उनले भने, ‘प्रधानन्यायाधीशको उमेर खासगरी नागरिकता र शैक्षिक प्रमाणपत्रको विवादबारे छानबिन भएर चाँडो बाहिर आउनुपर्छ, कानूनलाई आधार मानेर निर्णय हुनुपर्छ, तर कानूनलाई मिचेर निर्णय लिनुहुँदैन।’ अदालत न्यायको मन्दिर भएकोले यसलाई निश्पक्ष ढंगले काम गर्न दिनुपर्ने उनको भनाई छ। 

नेता महतले मुलुकमा निर्वाचनपछि संक्रमणकाल सकिएको भनिएपनि नयाँ संक्रमणको सुरुवात भएको गुनासो पोखे। संघीय प्रणालीमा मुलुक जाँदाखेरि नयाँ खाले संक्रमणहरुको सुरुवातहरु देखिएको उनको भनाई थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell