PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

डा. केसी अनशनमा, प्रधानन्यायाधीश पराजुली कहाँ के गर्दैछन्?



पहिलोपोस्ट

डा. केसी अनशनमा, प्रधानन्यायाधीश पराजुली कहाँ के गर्दैछन्?

काठमाडौँः सोमबारदेखि तीन दिन तनावपूर्ण समय बिताएका प्रधानन्यायाधीश गोपाल पराजुली नियमित काममा सक्रिय भएका छन्। प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग गर्दै डा. गोविन्द केसी अनशनमै छन्। पराजुली भने थपिएको नयाँ जिल्ला रुकुम पश्चिममा जिल्ला अदालतको नयाँ भवन उद्घाटन गर्न पुगेका छन्। 

शुक्रबार बिहान प्रधानन्यायाधीश पराजुली रुकुम पुगेका हुन्। पराजुलीसँगै कानुनमन्त्री यज्ञबहादुर थापा, सर्वोच्चका मुख्य रजिस्ट्रार नहकुल सुवेदी, कायम मुकायम रजिस्ट्रार महेन्द्रनाथ उपाध्याय र न्याय परिषद्का सचिव राजन भट्टराई रुकुम पुगेका हुन्। थपिएका दुई नयाँ जिल्लामध्ये नवलपरासीमा यसअघि नै अदालत उद्घाटन भइसकेको छ। 

प्रधानन्यायाधीश पराजुलीसहितको टोली शुक्रबार नै काठमाडौँ फर्कने कार्यक्रम छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell