PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

इएफएफ कप : चेल्सी र आर्सनलले खेले बराबरी



पहिलोपोस्ट

इएफएफ कप : चेल्सी र आर्सनलले खेले बराबरी

प्रिमियर लिगका दुई लण्डन क्लब चेल्सी र आर्सनलल इएफएल कप सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्।

गएराती चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी र आर्सनलले गोलरहित बराबरी खेलेका हुन्। आर्सनलका लागि पहिलो पटक ज्याक विलसरले कप्तानी सम्हालेका थिए। तर दोस्रो हाफमा इन्जुर्ड भएपछि विलसरले मैदान छाडे। आर्सनल र चेल्सीले अब दोस्रो लेग जनवरी २४ मा आर्सनलको घरेलु मैदानमा खेल्नेछ।

उता चेल्सीका प्रशिक्षक एन्टोनिओ कोन्टेले भिएआर प्रविधिको स्वागत गरेका छन्। चेल्सीको दुई पेनाल्टी क्लेइमलाई रेफ्री अटकिनसनले भिएआरसँग कन्सल्ट गरे निर्णय गरेका थिए। उनले दुवै पेनाल्टीलाई अस्वीकार गरे। ‘भिएआरको बारेमा म एकदमै सकरात्मक छु किनकी गेम भइरहदा जब त्यहाँ ठूलो डाउट हुन्छ त्यतिबेला रेफ्री र अन्य रेफ्रीहरु (जसले भिडियो हेरिरहेका हुन्छन्) परिक्षण गर्छन् र राम्रो निर्णय लिनेछन्।’ कोन्टेले खेलपछि भने।

यस्तै आर्सनलका म्यानेजर आर्सन वेंगरले यसलाई राम्रो प्रदर्शन भन्दै ‘गुड ड्र’ भनेका छन्।

दुई दिन अघि मात्र आर्सनल एफए कपको तेस्रो चरणबाटै आउट भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell