PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हामी फेरी तल झर्न चाहन्नौँ : पारस खड्का



हामी फेरी तल झर्न चाहन्नौँ : पारस खड्का

  • पारस खड्का

डिभिजन टू को महत्व कति छ भनेर हामी सबैलाई थाहा छ। मंगलबारदेखि हामीले तयारी सुरु गरेका छौँ। क्याम्पमा स्किलहरुमा बढी फोकस गरिरहेका छौँ। डिभिजन टु खेल्ने अपोनेन्टहरुले हामीलाई हेरिसकेका छन् र हामीले पनि बुझिसकेका छौँ। नामिवियाको कन्डिसनलाई कसरी हामीले बेस्ट प्रिपेरेसन गर्न सक्छौँ भनेर धेरै फास्ट बलरलाई बोलाएर फास्ट बलिङ युनिटमा बढि जोड दिएका छौँ। फास्ट बलिङलाई खेल्न बढी प्राथमिकता दिएर अघि बढिरहेका छौँ। यस पटक टिममा धेरै युवा खेलाडी छन्। सबै चिनिराखेकै केटाहरु छन्। योङ छन् भर्खरै आएका छन् ब्रेकथ्रु दिएर। क्याम्पमा जो जो छन् उनीहरुले राम्रो खेलेरै आका छन्। आफ्नो पोटेन्सिएल देखाएर नै यहाँ सम्म आका छन्। महत्वपूर्ण कुरा के हो भने उनीहरुले विगतका दिनमा आफ्नो क्षमतालाई प्रुभ समेत गरेका छन्। त्यसैले गर्दा हामीले प्लेअरको फर्म हेरेर उनीहरुको पोटेन्सियल हेरेर नै छानेका छौँ।

यसपाली हाम्रो योङ टिम छ। इन्टरनेशनल क्रिकेट फरक हुन्छ। तर पनि एक्पोजरको हिसाबमा हेर्ने हो भने आगामी दिनमा उनीहरुले अझ राम्रो गर्न सक्छन्। सिनियर र जुनियर भएपनि सबैजना साथीभाई जस्ता छन् घुलमिल हुन कुनै गाह्रो छैन।

अर्को कुरा हामी जुन डिभिजन टु खेल्न गइरहेका छौँ, त्यो डब्लुसिएलको यस्तो फर्म्याट हो एक हप्तामा सबै ५ वटा म्याच हुन्छ। ५ वटा म्याचमा यदी आफू राम्रो क्रिकेट खेल्ने हो भने जुनै टिमले पनि जुनसुकै टिमलाई हराउन सक्छ। लास्ट टाइम पनि हामीले नामिवियामा डिभिजन टू खेलेका थियौँ।

त्यसपछि डिभिजन वान मा खेल्यौँ। डब्लुसिएल च्याम्पियनसिपको २ वर्षे साइकलमा ७ राउण्ड खेल्यौँ। त्यसमा पनि कुनै पनि टिमले जुनसुकै टिमलाई हराउन सक्ने थियो। वर्षमा अथवा ६/६ महिनामा २/२ वटा गेम भइरहन्थ्यो। कुनै टिम फर्ममा हुन्थ्यो कुनै हुन्थेन। त्यसमा एक्सपिरियन्स्ड टिमले रिजल्ट पनि राम्रो ल्याउन सफल भयो। हामी डब्लुसिएलमा फस्ट टाइम खेलेर आको छौँ। राम्रो अनुभव रह्यो। कुड ह्याभ डन बेटर बट नट इनफ फर रिजल्ट। कति रिजल्ट क्लोज पनि थियो।

अहिले हामी डिभिजन टू मा झरेका छौँ। अब डब्लुसिएलको त्यही अनुभव प्रयोग गरेर अगाडी बढ्नेछौँ।

अब हामीसँग एक्सक्युज दिने कुनै बाटो छैन। नेपाली क्रिकेटको लागि आगामी दिनमा अगाडी बढ्नको लागि वि ह्याभ टु विन। डिभिजन टू को ग्रयाभिटी बुझेर नै हामी अहिले देखि नै प्रेसर फिल गरिरहेको छौँ। प्रतियोगिताको लागि प्रेसर छैन भन्न मिल्दैन। त्यो प्रेसर फिल गरिरहेका छौँ। कसरी ह्यान्डिल गर्ने भनेर नै फोकस भइरहेका छौँ।


............................

हामी क्याम्पमा धेरै फास्ट बलर ल्याउनाको कारण जतिसक्दो धेरै ब्याट्सम्यानले खेलोस् भनेर हो। उताको कन्डिसन हेरेर २/३ जना, मे बी हामी ४ जना फास्ट बलर लैजान सक्छौँ। हाम्रो बलिङ युनिट राम्रो छ। वि कान्ट ब्लेम देम। नेपालको बलिङ सँधै राम्रो छ। जहिल्यै पनि ब्याटिङमा अलीकती प्रश्न उठ्ने गर्छ। बलिङमा पनि राम्रो प्रदर्शन गर्नु त छदैछ। ब्याटिङमा पनि त्यो कन्डिसनमा फिट हुन धेरै फास्ट बलरहरु ल्याएर क्याम्पसमा ट्रेनिङ गरिराछौँ।

हामीले अहिले टप टु मा पर्छौँ कि पर्दैनौँ भनेर भन्ने भन्दा पनि हामीले प्रतियोगिता जित्छौँ भनेर सोच राख्नुपर्छ। टप टु मा पर्छ/पर्दैन भन्ने त्यो पछिको कुरा हो। डिभिजन टु मा जति वटा टिम छन्, ६ वटै टिमले टप टु को लागि फाइट गर्ने हो। कती टिम रेलिगेट पनि भाको छन् कती टिम माथि पनि आको छन्। हामी पनि डिभिजन ५, ४, ३, २, १ मा पुग्दा धेरै संघर्ष गर्यौँ। हामी सबैलाई थाहा छ की त्यहाँ आइपुग्न कती गाह्रो छ भनेर। त्यसैले गर्दा तल झर्दा माथि आउन कति गाह्रो हुन्छ भनेर सबैले बुझेका छौँ। हामीले दुई पटक डिभिजन ४ र दुई पटक डिभिजन ३ खेलेर आइसकेका छौँ। अब हामी त्यसैलाई फेरी दोहोर्‍याउन चाहन्नौँ।

आगामी दिनमा यो लेभलमा यदी राम्रो क्रिकेट खेलेर अगाडी बढ्नु छ भने माथिल्लो डिभिजनमा हुनै पर्छ। त्यसैले गर्दा अहिलेको लागि प्रतियोगिता जितेर आउने वा टप टू मा पर्ने नै हो।

तर डिभिजन टू का सबै अपोनेन्ट राम्रा छन्। ‘देयर इज नथिङ इजी’, सजिलो भनेर हुँदै हुँदैन यो लेभलमा। हामीलाई पनि अपोनेन्ट बारे सबै थाहा छ अपोनेन्टलाई पनि हाम्रो बारे सबै थाहा छ। त्यसैले गर्दा प्लानिङ, प्लानको एक्जिक्युसन ले नै डिसाइड गर्छ कुन टिमले राम्रो खेल्छ भनेर।

(नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खडकासँग गोविन्दराज नेपालले गरेको कुराकाकानीमा आधारित)

@GovindaRajNepal



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell