PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डिभिजन टू को लागि के छ नेपालको तयारी? यस्तो छ प्रशिक्षक टमाटाको भनाई



गोविन्दराज नेपाल

डिभिजन टू को लागि के छ नेपालको तयारी? यस्तो छ प्रशिक्षक टमाटाको भनाई

काठमाडौं : अर्को महिना नामिवियामा हुने आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) डिभिजन टू को लागि नेपालले मंगलबारदेखि तयारी सुरु गरेको छ।

प्रारम्भिक चरणमा छनोट भएका २१ खेलाडी लिएर प्रशिक्षक जगत टमाटा तयारीमा लागेका हुन्।

डब्लुसिएलको बटम ४ मा रहेपछि नेपालसहित केन्या, युएई र नामिविया डिभिजन टू मा घटुवा भएका हुन्। यी चारहसित डिभिजन थ्री बाट बढुवा भएका ओमान र क्यानाडा सम्मिलित डिभिजन टू फेब्रुअरी ८ देखि १५ सम्म अफ्रिकन राष्ट्र नामिवियामा हुनेछ।

डिभिजन टू को शीर्ष दुई स्थानमा रहने टिम मार्चमा नामिवियामा हुने वान डे वर्ल्ड कप क्वालिफायरमा स्थान बनाउनेछ।

 

नेपालको तयारी कस्तो छ?

२०१७ को डिसेम्वरमा एभरेष्ट प्रिमियर लिग आयोजना भएपछि नेपालले ढिलो तयारी सुरु गरेको हो। डिभिजन टू हुनु एक महिना अघि मात्र नेपालले प्रतियोगिताको लागि तयारी थालेको छ।

'यो टुर्नामेन्टको महत्व सबैले बुझेका छन्। हामीले अहिले स्किलमा ध्यान दिएर तयारी गरिरहेका छौँ। बलिङ, ब्याटिङ र फिल्डिङ तिनै क्षेत्रमा राम्रो गर्ने गरी तयारीमा छौँ।' प्रशिक्षक जगत टमाटाले भने।

फाइल फोटो

नेपालले जनवरी २५ सम्म टीयू मैदान तयारी गर्ने र त्यसपछि तयारीका लागि बाहिर जाने विषयमा छलफल भइरहेको प्रशिक्षक जगत टमाटाले जानकारी दिए। 'हामी जनवरी २५ सम्म यहाँ तयारी गर्छौँ। त्यसपछि हामीसँग दुईवटा अप्सन छ। दक्षिण अफ्रिका वा दुबई टुर जानका लागि आइसीसीलाई पत्र पठाएका छौँ। अप्रुभल हुन बाँकी छ। अब उताबाट अप्रुभल आएपछि थाहा हुन्छ।' टमाटाले भने। 'कम्तीमा पनि बाहिर गएर ३/४ वटा म्याच खेल्ने हाम्रो प्लान छ।'

टमाटाले डिभिजन टू नेपाली क्रिकेटको लागि धेरै महत्वपूर्ण प्रतियोगिता भएको बताएका छन्। 'सबैलाई थाहा छ नेपालको लागि यो टुर्नामेन्टको इम्पोर्ट्यान्स कती छ भनेर। त्यसैले हामी २१ जना खेलाडी लिएर तयारीमा जुटेका छौँ।' टमाटाले भने, 'हामी अझै दुई साता यही तयारी गर्नेछौँ। हामी तयारीका लागि टिम बनाएर चार म्याच खेल्नेछौँ। २७०/२८० को टार्गेट राखेर। त्यसपछि अन्तिम टोली छनोट गर्नेछौँ चार ब्याकअफ सहित।'

यस्तै प्रशिक्षक टमाटाले मोन्टी देसाईको बारेमा छलफल भइरहेपनि उनी आउने/नआउने निश्चित भइनसकेको बताए। 'उहाँ लामो समयको लागि आउन चाहनुहुन्छ। हामीसँग काम गर्न इच्छुक हुनुहुन्छ। हामी (राखेप)ले ६ महिनाका लागि भनेका छौँ। तैपनि यसमा पनि आइसीसीसँग कुरा भइरहेको छ। आइसीसीले भनेपछि आउने/नआउने थाहा हुन्छ।'

टमाटाले देसाई बाहेक अन्य तिन प्रशिक्षकको सिभी समेत आइसीसीले पठाएको जानकारी दिए। 'हामीलाई आइसीसीले रणजी लेभलका तीन प्रशिक्षकको नाम पठाएको छ। अब बेलुका सम्ममा छलफल गरेर निर्यण गर्नेछौँ। तीनमध्ये एक जना छनोट गर्नुपर्नेछ।'

नामिवियाको कन्डिसन अनुसार नै नेपालले दक्षिण अफ्रिकामा तयारी गर्न चाहेको टमाटाको भनाई छ। नामिवियामा यसअघि खेलिसकेका कारण त्यहाँको कन्डिसनबारे नेपाल जानकार रहेको र त्यसै अनुसार तयारी गर्ने टमाटाले बताए।

नेपालका कप्तान पारस खड्काले नामिवियाको कन्डिसन मध्यनगर गर्दै प्रशिक्षणमा फास्ट बलरहरु धेरै लिएर तयारी गर्न लागेको बताए। 'यो प्रतियोगिताको महत्व कति छ भनेर। नामिवियाको कन्डिसनअनुसार हामीले कसरी बेस्ट प्रिपेरेसन गर्न सक्छौँ भनेर धेरै फास्ट बलरहरुलाई बोलाएका छौँ र उनीहरुलाई नै फोकस गरेर खेल्न प्राथमिकता दिनेछौँ।' खड्काले भने।

यसअघि सन् २०१५ मा पनि नेपालले नामिवियामै गएर डिभिजन टू खेलेको थियो। जहाँ करण केसीले नेपालका लागि डेब्यु गर्दै ९ विकेट लिएका थिए। त्यतिखेर नेपाल चौथो स्थानमा रहेको थियो। तर आइसीसीले आयरल्याण्ड र अफगानिस्तानलाई डब्लुसिएल च्याम्पियनसिप बाट बढुवा गरेपछि डिभिजन टू मा तेस्रो स्थानमा रहेको र केन्या र चौथो स्थानमा रहेको नेपालले डब्लुसिएल च्याम्पियनसिप खेल्ने मौका पाएको थियो। यो दुई वर्षको अवधीमा नेपालले डब्लुसिएलमा अन्य साता टोलीसँग २-२ गरी कूल १४ खेल खेलेको थियो। तर शीर्ष चारमा पर्न नुकेपछि नेपाल पुरानै अवस्थामा पर्केको छ र वान डे वर्ल्ड कप क्वालिफायरमा स्थान बनाउन डिभिजन टू खेल फेरी तयार हुँदैछ।

 

क्याम्पमा रहेका २१ खेलाडी

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, शक्ती गौचन, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, दीलिप नाथ, सुनिल धमला, दीपेश श्रेष्ठ, ललित भण्डारी, सुसन भारी, सिद्दान्त लोहनी, अनिल कुमार शाह, रोहित पौडेल, किशोर महतो, ललित नारायण राजवंशी, रसिद खान

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell