PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'सिरियल' ठगीमा दुई दाजुभाइ



पहिलोपोस्ट

'सिरियल' ठगीमा दुई दाजुभाइ

काठमाडौं : पेप्सिकोलामा रहेको रामभोले भेहिकल सप्लायर्सका संचालक दिनेश कार्की र शिवहरि कार्कीलाई प्रहरीले पक्रेको छ। 

बालाजुका ३५ वर्षीय दिनेश र ४१ वर्षिय शिवहरीले अरुको गाडी महँगो मूल्यमा भाडा सम्झौता गर्ने र पैसा नतिरेको भन्दै उजुरी परेपछि प्रहरीले दुवैलाई पक्राउ गरेको हो। गाडीको लगानीकर्ता एउटा र भाडमा लिने अर्कोको बीचमा रहेर ठगी गर्दै आएको दुवैमाथि आरोप छ।

उनीहरुले होन्डाङ आइ ट्वान्टी, स्यान्ट्रो र महेन्द्रा स्कर्पियो भाडामा लिएर अरुलाई नै भाडामा दिँदै आएका थिए। एउटा गाडीको मासिक १ लाख ५ हजारमा भाडामा लिए पनि उनीहरुले तिरेका छैनन्। 

भाडा दिने करार गरी गाडी लिए पनि लामो समयसम्म भाडा नदिएपछि प्रहरीकहाँ उजुरी परेको थियो। उनीहरुले दुईवटा गाडी वेवारिसे छाडेको र एउटा वेपत्ता बनाएका छन्। उनीहरु ३७ लाख रुपैया तिर्न बाँकी छ। प्रहरीमा उजुरी परेपछि दुवै जनालाई महाशाखाबाट विशेष अनुसन्धानमा खटिएको टोलीले सोमबार राजधानीबाट पक्राउ गरेको हो। 

यिनीहरुले गाडीबाट मात्र होइन अन्य तरिकाबाट पनि ठगी गर्दै आएका हुन्। ठगी प्रमाणित भए यिनीहरुमाथि मुलुकी ऐन ठगी महलको दफा ४ अनुसार ५ वर्षसम्म कैद र विगो भराई बिगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ।
 

दुईको ठगी घटनाहरु 

  1. चितवन वीरेन्द्रनगरकी एक महिलासँग १२ लाख रुपैयाँ लिई रकम नभएको बैंक खाताको चेक दिएको। 
  2. काठमाडौंको टोखा बस्ने अर्की एक महिलासँग ३५ लाख रुपैयाँ  लिई रकम नभएको बैंक खाताको चेक दिएको। 
  3. सिन्धुपाल्चोक चौताराका एक व्यक्तिबाट गत वैशाखमा बा १३ च ५९२३ नम्बरको स्कर्पियो गाडी मासिक भाडा १ लाख दिने सहमतिमा लिइ काठमाडौं हाँडीगाउँका दिपक बस्नेतलाई गत जेष्ठ महिनामा २९ लाखमा बिक्री गरेको। 
  4. धादिङका अर्का एक व्यक्तिबाट गत असारमा बा.१५ च ८२७२ नम्बर को कार मासिक ७५ हजार रुपैयाँ भाडा दिने गरी लिएपछि सम्पर्कविहीन बनेको।
  5. धनकुटाका अर्का एक व्यक्तिबाट गत कार्तिकमा बा. १४ प. २९२७ नम्बरको स्कर्पियो मासिक १ लाख भाडा दिने गरी लिइ सम्पर्क विहीन भएको।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell