PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ककपिटमा झगडा गर्ने दुई पाइलटको खोसियो जागिर



पहिलोपोस्ट

ककपिटमा झगडा गर्ने दुई पाइलटको खोसियो जागिर

नयाँ दिल्ली : जेट एयरवेजले आफ्ना दुई वरिष्ठ पाइलटलाई बर्खास्त गरेको छ। विमानको ककपिटभित्रै झगडा गरेका कारण उनीहरुलाई पदबाट निकालिएको हो।

गत जनवरी १ मा लन्डनबाट मुम्बईका लागि उडेको फ्लाइटमा ककपिट भित्र दुई पाइलटले झगडा गरेका थिए। झगडापछि भारतको नागरिक उड्ययन निगमले उनीहरुलाई 'सस्पेन्ड' गरेको थियो।

'फ्लाइट नाइन डब्लु ११९ लन्डनबाट मुम्बई उडान भर्दा भएको घटनाको विस्तृत अध्ययन गरेपछि जेट एयरवेजले दुवैजनालाई तत्कालबाट लागू हुने गरी बर्खास्त गरेको छ,' जेट एयरवेजका प्रवक्ताले मंगलबार भने।

बोइङ ७७७ मा भएको यो घटनामा पाइलटले को पाइलटमाथि हात हालेका थिए। विमानभित्र पाइलट नै झगडा गर्न थालेपछि त्यसले यात्रुमा असर पर्नु स्वभाविक थियो। विवादको मोड लिएको विषय अन्तत: दुवै पाइलटलाई वर्खास्त गर्दै समाप्त भएको छ। स्रोतका अनुसार यी दुवै पाइलटको विमान चलाउने लाइसेन्स खारेज हुनसक्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell