PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

सर्वोच्चमा वयान दिँदा प्रधान न्यायाधीश पराजुलीमाथि डाक्टर केसीको ११ आरोप!



पहिलोपोस्ट

सर्वोच्चमा वयान दिँदा प्रधान न्यायाधीश पराजुलीमाथि डाक्टर केसीको ११ आरोप!

काठमाडौं : सर्वोच्च अदालतले मानहानीको मुद्दामा वरिष्ठ चिकित्सक प्रा डाक्टर गोविन्द केसीसँग आज बयान लिएको छ। अवहेलना मुद्दामा पक्राउ गरी आज बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश दिइएपछि उनलाई उपस्थित गराइएको हो। 

डा केसीले अदालतमा बयान दिँदै प्रधान न्यायाधीश गोपाल पराजुलीलाई ११ वटा आरोप लगाए। 


१ प्रधान न्यायाधीश गोपाल पराजुलीले २ ठाउँबाट नागरिकता लिएको कुरा कसैबाट छिपेको छैन। एउटा व्यक्तिले एउटाभन्दा बढी नागरिकता लिने कार्य अपराध हो। अनैतिक र गैर कानुनी त्यसैले निजमाथि न्यायिक छानविन गरी कारवाही गर्नुपर्छ।

२ नागरिकता २ ठाउँबाट लिएकामात्र छैनन्। उनले उमेर समेत सच्चाएका छन्। पछिल्लो पटक काठमाडौंबाट नागरिकता लिएका आधारमा उनी हालसम्म पनि प्रधान न्यायाधीश पदमा आशिन छन्। तर, उनको शुरुको नागरिकताको आधारमा उनी २०७४ असारमै ६५ वर्ष उमेर पुगिसकेका छन्। ६५ वर्ष पुग्दा पनि प्रधान न्यायाधीश पदमा बस्नु गैर कानुनी हो।

३ गोपाल पराजुलीले लोकमान सिंह कार्कीलाई मात्र सफाइ दिएनन्। सफाई दिएपछि आफ्ना नातेदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कानुनी सल्लाहाकार बनाए।

४ गोपाल पराजुली एसएलसी पास भएका छन् कि छैनन् भन्ने विवाद छ।
५ सार्वजानिक सञ्चार माध्यममा निज गोपाल पराजुलीको शैक्षिक योग्यता र प्रमाणपत्रको बारेमा प्रश्न उठेको छ। त्यसमा के छानविन भयो, कागजात पाउँ।

६ जग्गा प्लटिङ व्यावसायीलाई फाइदा हुने गरी निज पराजुलीले सरकारकारले लिएको नीति उल्टाइ फैसला गरे। यसबाट न्याय बेचियो।

७ क्यासिनो चलाए बापत तिर्नुपर्ने कर तिर्नु नपर्ने गरी मिनाह गराउने फैसला गरे।

८ निज गोपाल पराजुली प्रधान न्यायाधीश भएपछि भएका विभिन्न फैसलाहरु चुडामणि शर्माको मुद्दा, गोपाल खड्काको मुद्दा र एनसेलको मुद्दाले  भ्रष्टाचारीलाई प्रश्रय पुग्नुका साथै एनसेलले ६० अर्ब राजस्व नतिर्नुपर्ने भएको छ।

९ आफ्ना भान्जे ज्वाँइ नहकुल सुवेदीलाई ६/७ महिनाको अविधिमा मुख्य रजिष्ट्रार र मुख्य न्यायाधीश बनाएको।

१० सुशीला कार्कीलाई महाअभियोग लगाएको राति १० बजेर ३० मिनेटमा प्रधानन्याधीशमा पदबहाली गरेको।

११ जतातता गोपाल पराजुली त्यतात्यता मेडिकल कलेजका मुद्दा शीर्षकमा कान्तिपुर दैनिकले लेखेको समाचारमा अवहेलना मुद्दा लगाए पनि कान्तिपुरले सफाई पाएको।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell