PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अदालतको मानहानी भन्दै सर्वोच्चले दियो आदेश : गोविन्द केसीलाई हाजिर गर



पहिलोपोस्ट

अदालतको मानहानी भन्दै सर्वोच्चले दियो आदेश : गोविन्द केसीलाई हाजिर गर

काठमाडौँ : सर्वोच्च अदालतले चिकित्सा शास्त्री अध्ययन संस्थानको डीनमा शशी शर्मालाई पुनर्वहाली गर्न आदेश दिएलगत्तै त्यसको विरुद्ध अनशनमा उत्रिएका बरिष्ठ डाक्टर गोविन्द केसीलाई अदालतमा पेश गर्न अदालतले आदेश दिएको छ।

अदालतको अबहेलना गरेको भन्दै डाक्टर केसीविरुद्ध उनीविरुद्ध परेको मुद्दामा सुनुवाई गर्दै उनलाई अदालतमा उपस्थित गराउन निर्देशन दिइएको हो। सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलले दिउको प्रतिवेदनका आधारमा मुद्दा दायर भएको थियो।

उनलाई भोलि उपस्थित गराउन प्रहरीलाई सर्वोच्चले पत्राचार गरेको हो। केसीले आजबाटैमात्रै १४ औं अनशन सुरु गरेका हुन्।

श्यामप्रसाद खरेल, उपेन्द्र केशरी  न्यौपाने, रमणकुमार श्रेष्ठले अवहेलनामा कारवाही गर्नुपर्ने बहस गरेका थिए। 

केसीको विज्ञप्ति, अनलाइनमा प्रकाशित समाचारलाई आधार मानेर संविधा नर कानुन बमोजिम भएको फैसला विरुद्ध जनमानसमा भ्रम फैलाएको अदालतले ठहर्यांएको छ।

 'न्यायपालिका, न्यायाधीशहरुका विरुद्ध अमर्यादित, अशिष्ट र अदालतको अवहेलनाजनक अभिव्यक्ति दिएको देखिएकाले निजलाई किन कारवाही नगर्ने?,' सर्वोच्चले भनेको छ। भोलि बिहान ९ बजे केसीलाई उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई पत्रचार गर्न आदेश दिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell