PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

हात हातमा हतियार, काठमाडौंमा बन्दुकको त्रास!



सविन ढकाल

हात हातमा हतियार, काठमाडौंमा बन्दुकको त्रास!

  • गत बिहिवार प्रहरीले हतियार सहित राजधानीबाट एक जनालाई पक्राउ गर्‌यो। कोटेश्वरको न्यु सुनकोसी गेष्ट हाउसमा बसिरहेका खोटाङ घर भएका सुभाष कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट प्रहरी एक थान रिवल्भर, एक थान कटुवा पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको हो। पक्राउ परेका कार्कीले किन हत्यार राखे भन्ने विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत बानेश्वरका डिएसपी रवि पौडेलले बताए।
  • पुस ५ गते उत्तरी काठमाडौंको झोरमा गोली चल्यो। गोली लागि शिवपुरी वन्यजन्तु आरक्षभित्र घाँस काट्न गएकी घाइते दुर्गा पोखरेल घाइते भइन्। उनको शरीरमा दुईवटा गोली लागेको थियो। घटना भएको केही सयमा नै प्रहीले गोली हान्ने सुनिल तामाङ, सुशान्त तामाङ, अंकित तामाङ र विजय तामाङलाई प्रहरीले बन्दुकसहित पक्राउ गर्न सफल भयो। पक्राउ परेका उनिहरुले जंगलमा मृग मार्नलाई भरुवा बन्दुक प्रयोग गरेको खुल्यो। चार जनाले घरेलु भरुवा बन्दुक घरमा नै बनाएको अनुसन्धानमा खुलेको हो।
  • गत कात्तिक ५ गते बिहान काठमाडौंको म्हैपीमा गोली चल्यो। डिस्कोमा युवतीबारे विवाद भएपछि असुन गुरुङले गोरखा लाप्राकका कल्याण गुरुङमाथि गोली चलाएका थिए। लामो समयदेखि मनाङ तथा ठमेल क्षेत्रमा हतियार देखाएर त्रास पैदा गर्दै आएका असुन डिस्को जाँदा समेत पेस्तोल बोकेर जाने गरेको घटनाले देखाएको छ। गुरुङले नाइन एमएमको पेस्तोल प्रयोग गरेको थिए।

उपत्यकाभित्र हुने यस्ता घटना र प्रहरीले बरामत गरेका हतिहार मध्ये सबैभन्दा बढी कटुवा पेस्तोल, सिक्सर र आधुनिक पेस्तोल रहेका छन्। यस्ता हतियारहरु नेपालमा ४० देखि १ लाख रुपैयाँसम्म पाउने प्रहरी अधिकृतहरु बताउँछन्। भारतमा भने यस्ता हतियार १० देखि २० हजार नेपाली रुपैयाँमा सजिलै किन्न पाइन्छ। तराईको नाका हुँदै हतियार उपत्यका छिर्ने गरेका छन्। काठमाडौंको ठमेलमा तस्करहरुले भारताबाट ल्याएको हतियार बिक्री गर्ने गरेको प्रहरीको दावी छ।

मानिसमा त्रास श्रृजना गर्नु र रकम असुली धन्दामा हतियारको प्रयोग हुने गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी जयबहादुर चन्द बताउँछन्। भन्छन्, 'अपराधिक गतिविधिलाई बढुवा दिन नै हतियारह बोकेर हिँड्ने गरेका हुन्।' केहीले भने मनौवैज्ञानिक त्रास फैलाउ पनि हतियार बोक्ने गरेको उनको दावी छ।

पछिल्लो समय उपत्यकाभित्र यस्ता साना हतियारको विगविगी बढ्दै गएको छ। गएका चार आर्थिक वर्षलाई हेर्दा चालू आर्थिक वर्षमा हतिहार बरामतको सङख्या बढी देखिएको छ। महानगरीय प्रहरी आयुक्त कार्यालयको तथ्यांकअनुसार गएको ४ वर्षमा राजधानीमा ८५ थानभन्दा बढी विभिन्न साना हतियार बरामद भएका छन्। हतियारसहित १ सय ६० जनाभन्दाबढी मानिस पक्राउ परेका छन्। 

चालू आर्थिक वर्षको ६ महिनामा १ दर्जनभन्दा बढी हतियार बरामद भइसकेको छ। आर्थिक वर्ष २०७१\७२ मा २५ थान हतियार बरामद भएका थिए। यो सङख्या २०७२\०७३ मा घटेर १७ थानमा झर्यो७। त्यसैगरी २०७३/०७४ झन्नै घट्यो र १० थानमा सीमित भयो। एआइजी चन्द भने उपत्यकाभित्र हतियार बोक्ने सङख्या बढेको नभएर प्रहरी सक्रियताले पक्राउ पर्ने बढेको दावी गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell