PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उत्तरपूर्वी भारतमा ६ रिक्टरस्केलको भूकम्प



पहिलोपोस्ट

नयाँ दिल्ली : भारतको उत्तरपूर्वी राज्य मणिपुरमा आइतबार ६.० रिक्टर स्केलको भूकम्प गएको आइतबार अधिकारीहरूले जानकारी दिएका छन्।

भारतीय मौसम विज्ञानसम्बन्धी अधिकारीहरूका अनुसार स्थानीय समयाअनुसार आइतबार मध्याह्न १२:१७ बजे सो भूकम्प गएको थियो । 

भूकम्प प्रभावित क्षेत्रको आसपासमा नै ३५ किलोमिटर गहिराईमा सो भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ। सो भूकम्पको कम्पन प्रान्तीय राजधानी इम्फालसम्म पनि महसूस गरिएको बताइएको छ। 

यद्यपि यस भूकम्पबाट हालसम्म मानवीय र सम्पत्तिको क्षतिको भने विवरण प्राप्त नभएको जनाइएको छ। 

सन् २०१६ मणिपुर र आसपासको इलाकामा गएको ६.७ रिक्टर स्केलको भूकम्पमा परी कम्ती आठ व्यक्तिको मृत्यु हुनुका साथै अन्य एक सयभन्दा बढी घर ध्वस्त भएको थियो।
सिन्ह्वा/रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell