PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लालु यादवलाई ३.५ वर्ष जेल र ५ लाख जरिवाना



पहिलोपोस्ट

लालु यादवलाई ३.५ वर्ष जेल र ५ लाख जरिवाना

बिहारका पूर्व मुख्य मन्त्री एवम् आरजेडी नेता लालु यादवलाई चारा घोटालाको दोस्रो मुद्दामा ३ वर्ष ६ महिना जेल सजाय सुनाइएको छ। उनीसँगै चारा कान्डमा दोषी ठहरिएका फूल चन्द, महेश प्रसाद, बाके जुलियस, सुनिल कुमार, सुशील कुमार, सुधीर कुमार र राजा रामलाई जनही ५ लाख जरिवाना सहित साढे ३ वर्षको जेल सजाय सुनाइएको हो।

यसअघि नै अदालतले चारा घोटलामा लालु यादवलाई दोषी ठहर गरेको थियो। आज उनको सजाय तय गरिएको हो। उनीमाथि चारा घोटलामा ५ वटा फरक फरक मुद्दा परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell