PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

एफए कप : म्यानचेष्टर युनाइटेड र लिभरपुल चौथो चरणमा प्रवेश, भर्जिल भान डिकको डेब्युमै गोल



पहिलोपोस्ट

एफए कप : म्यानचेष्टर युनाइटेड र लिभरपुल चौथो चरणमा प्रवेश, भर्जिल भान डिकको डेब्युमै गोल

काठमाडौं : गएराती भएको खेलमा जित हात पार्दै म्यानचेष्टर युनाइटेड र लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन्।

युनाइटेडले अन्तिमा ६ मिनेट भित्र दुई गोल गर्दै डर्बी काउन्टीलाई २-० ले हरायो। घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन जेस लिनगार्डले ८४औँ र रोमेलु लुकाकुले ९० औँ मिनेटमा गोल गरे।

यस्तै यसै जनवरी ट्रान्सफरमा क्लब भित्रिएका भर्जिल भान डिकले डेब्युमै गोल गरेपछि लिभरपुले मर्सिसाइज डर्बीमा एभरटनलाई २-१ ले हरायो।

घरेलु मैदान एनफिल्डमा जेम्स मलनरको पेनाल्टी गोलमार्फत लिभरपुलले पहिले अग्रता लिएको थियो। एभरटनका जिल्फी सिगरसनले ६७औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए। तर खेल सकिन ६ मिनेट अगाडी भान डिकले गोल गरेपछि लिभरपुल २-१ ले विजयी भएको हो।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell