PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सेन्सर बोर्ड र भन्सालीबीचको सहमति करनी सेनालाई अमान्य : फिल्म रिलिज हुन नदिने



पहिलोपोस्ट

सेन्सर बोर्ड र भन्सालीबीचको सहमति करनी सेनालाई अमान्य : फिल्म रिलिज हुन नदिने

नयाँ दिल्ली : सेन्सर बोर्ड र पद्मावतीका निर्माताबीच सहमति भए पनि त्यसलाई करनी सेनाले बहिस्कार गर्ने भएको छ। फिल्म रिलिज भयो भने त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेबारी सरकारले लिनुपर्ने भन्दै सेनाले चेतावनी दिएको छ

सञ्जय लीला भन्सालीको फिल्म निर्माण आरम्भदेखि नै सुरु भएको विवाद सेन्सर बोर्डले पास गर्दासम्म कायमै छ। फिल्म रिलिज हुने हो भने बन्दसम्मका कार्यक्रम ल्याउने तयारी करनी सेनाले गरेको छ।

सरकार र फिल्म मेकरलाई खुला चेतावनीपत्र लेख्दै राजपुत करनी सेनाका अध्यक्ष सुकदे सिंह गोगामेदीले 'केही भएमा भारतीय जनता पार्टीको सरकार र सेन्सर बोर्ड जिम्मेबार रहने' भनेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell