PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

किमलाई ट्रम्पको जवाफ-तिम्रोभन्दा धेरै शक्तिशाली न्युक्लियर बटन मसँग छ



पहिलोपोस्ट

किमलाई ट्रम्पको जवाफ-तिम्रोभन्दा धेरै शक्तिशाली न्युक्लियर बटन मसँग छ
Photo: Time.com

काठमाडौं:  नयाँ वर्षकै दिन उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकालाई दिएको धम्कीको उत्तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन्।

किमले पुरै अमेरिका उत्तर कोरियाको निशानामा रहेको र अमेरिका उडाउने हतियारको बटन आफ्नै टेबलमा रहेको बताएका थिए।

जवाफमा ट्रम्पले भनेका छन्-‘उत्तर कोरियाले नेता उनले न्युक्लियर बटन उनकै डेस्कमा छ भनेका रहेछन्। उनलाई भन्नुकी मसँग पनि न्युक्लियर बटन छ। तर, उनको भन्दा धेरै शक्तिशाली। र यसले साँच्चै काम गर्छ।’
 

पछिल्लो समय अमेरिका र उत्तर कोरियाबीच विवाद बढेको छ। उत्तरले शक्तिशाली मिसाइल परीक्षण गरिरहदाँ अमेरिकाले भने राष्ट्रसंघमार्फत नाकाबन्दी लगाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell