PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रहरीले पक्राउ पुर्जी जारी गरेका सांसद् सिलवाल मलेसियामा



पहिलोपोस्ट

प्रहरीले पक्राउ पुर्जी जारी गरेका सांसद् सिलवाल मलेसियामा

काठमाडौँ: नेकपा एमालेको तर्फबाट ललितपुर क्षेत्र नं १ का नवनिर्वाचित सांसद नवराज सिलवाल 'एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजी'द्वारा आयोजित ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेशियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन मलेसियाको राजधानी क्वालालम्पुर पुगेका छन्।

सिलवालमाथि मंगलबार नेपाल प्रहरीले कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो। सिलवाल एयर एशियाको नियमित उडानबाट सोमबार साँझ मलेसिया प्रस्थान गरेका हुन्।

सिलवाल फरार रहेको भनी कतिपय सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको एमाले ललितपुरका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले दाबी गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell