PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

ढोरपाटन महिला डबल लिग भलिबललाई रेडबुलको साथ, १३औँ संस्करणमा एक भाग्यमानी दर्शकले स्कुटर पाउने



पहिलोपोस्ट

ढोरपाटन महिला डबल लिग भलिबललाई रेडबुलको साथ, १३औँ संस्करणमा एक भाग्यमानी दर्शकले स्कुटर पाउने

काठमाडौं : नेपालकै प्रतिष्ठत प्रतियोगिताको रुपमा पहिचान बनाउन सफल ढोरपाटन महिला डबल लिग भलिबलाई इनर्जी ड्रिङ्स रेडबुलले मुख्य प्रायोजन गरेको छ।

मंगलवार आयोजक ढोरपाटन स्पोर्टस् क्लबका अध्यक्ष मनबीर छन्त्याल र मुख्य प्रायोजक गोर्खाबु्रअरीका मार्केटिङ मेनेजर इन्द्र रेग्मीबीच सम्झौता–पत्र आदन–प्रदान भयो। सम्झौतापछि अब 'रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल' नामबाट प्रतियोगिता सञ्चालन हुनेछ।

मुख्य प्रायोजक रेडबुलले ३ बर्षका लागि प्रायोजन गर्ने सम्झौता गरेको हो। जसअनुसार प्रत्येक बर्ष ११ लाखका दरले ३ बर्षमा प्रायोजन बापत ३३ लाख उपलब्ध गराउने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष छन्त्यालले जानकारी गराए।

यस्तै प्रतियोगिताको सह–प्रायोजकमा युएम आईएमइ अर्टोमोटिप्स, सामाखुसी बोडिङ स्कुल (सेब )बिजी मल र जिमी ग्रुप छन्।

युएम आईएमइ अर्टोमोटिप्स प्रालीले चार उत्कृष्ट खेलाडी र एक दर्शकका लागि जम्मा ५ स्कुटरको प्रायोजन गर्ने भएको छ। त्यस्तै अर्को सह–प्रयोजक सेब स्कुलले नगद २ लाखको प्रायोजन गर्ने आयोजकले जनाए।


१२ टिमको सहभागिता, विजेतालाई ३ लाख २५ हजार

ढोरपाटन महिला लिगको १३औँ संस्करण आगामी माघ ४ देखि १९ गतेसम्म सञ्चालन हुनेछ। नयाँ बसपारर्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा विभागीय टोलि सशत्र प्रहरीको एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्यू डायमन्ड एकेडमी, न्यु डायमन्ड स्पोर्ट्स क्लब, पोखराको टप्स हाई स्कुल, पुर्वाञ्चल क्षेत्रिय महिला भलिबल, काठमाडौँको पारामाउन्ट हाइ स्कुल, भक्तपुरको स्प्रिङडेल इङलिस स्कुल, श्री गाउँ स्पोर्ट्स विकास समिति, मेघौली स्पोर्ट्स फाउन्डेसन र थ्री स्टार एकेडमीको सहभागिता रहेको छ।

साबिक बिजेता रिड मोडल कलेजले भने यस पटक सहभागिता जनाएको छैन। प्रतियोगितामा सहभागि टिमले ४ विदेशी खेलाडी राख्न पाउने प्रवधान छ। तर प्लेइङ सिक्समा भने ३ विदेशी खेलाडीले मात्र कोर्टमा उत्रन पाउने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले ३ लाख २५ हजार, उपबिजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउने छन्। यस्तै चौथोदेखि सातौँ हुनेले क्रमश: ५० हजार, ४० हजार, ३० हजार र २० हजार नगद प्राप्त गर्ने छन्।

यसैगरी बेष्ट स्पाईकर, डिफेन्स, सेटर, सर्भर, ब्लकर, क्वीकर र कोचलाई जनही ५ हजार पुरस्कार पनि दिइने आयोजकले जनाएको छ।


पाँच स्कुटर पुरस्कार

प्रतियोगितामा यसपटक खेलाडीलाई मात्र नभएर दर्शकलाई समेत स्कुटर दिइने बयोजकले घोषणा गरेको छ। आयोजकले यसपटक कूल ५ युएम पावरम्याक्स स्कुटर प्रदान गर्नेछ। बेष्ट प्लेयर, राइजिङ्ग प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज बन्ने चार विधाका उत्कुष्ट खेलाडीले युएम पावरम्याक्स स्कुटर पाउने छन्।

१३औं संस्करणमा एक दर्शकले समेत स्कुटर पाउने भएका छन्। प्रतियोगिताको अन्तिम दिन टिकट काटेर खेल हेर्न गएकामध्ये एक दर्शकले लक्की ड्र बाट स्कुटर जित्ने छन्। प्रत्येक दिन एक दर्शकले लक्की ड्र बाट डाइमण्ड मोबाइल पनि पाउनेछन्।

नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गरेको छ। मंगलबार साइनिङ सेरोमनिमा नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माले बल र नेट ढोरपाटन क्लबका अध्यक्ष छन्त्याललाई हस्तान्तरण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell