PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

इरानमा प्रदर्शन थप हिंसात्मक बन्दै, पाँच दिनमा २१ जनाको मृत्यु



पहिलोपोस्ट

इरानमा प्रदर्शन थप हिंसात्मक बन्दै, पाँच दिनमा २१ जनाको मृत्यु

तेहरान :  इरानमा सोमबार रातभर भएको प्रदर्शनका क्रममा थप नौ जनाको मृत्यु भएको छ। काहदेरिजान सहरमा रहेको प्रहरी चौकीमा ठूलो सङ्ख्यामा आएका प्रदर्शनकारी र सुरक्षाबलबीचको झडपको क्रममा ६ प्रदर्शनकारीको मृत्यु भएको छ। सो सहरको प्रहरी चौकीमा आक्रमण गर्न आएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। 

इरानमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको सङ्ख्या पाँच दिनमा २१ पुगेको छ। राष्ट्रपति हसन रौहानीले भने कानुन मिच्ने र विद्रोह गर्नेलाई इरानी जनताले राम्रैसँग प्रतिवाद गर्ने बताउँदै आएका छन्। 

मूल्यवृद्धिका विरुद्धमा गरिएको भनिएको प्रदर्शन हिंसात्मक हुँदै गएपछि हालसम्म २१ जनाको मृत्यु भएको र सयौँ प्रदर्शनकारी पक्राउ परेका छन्। 

प्रदर्शनकारीले देशमा आर्थिक समस्या थप जटिल बन्दै गएको र सरकारले त्यसलाई नियन्त्रणमा लिन नसकेको बताउँदै प्रदर्शन जारी राखेका बताइएको छ। 

इरानका राष्ट्रपति हसन रौहानी नेतृत्वको सरकारका विरुद्धमा विभिन्न सहरका ती प्रदर्शन लक्षित रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell