PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता किन ? निर्वाचन आयोग जाँदै एमाले र माओवादी नेताहरु



पहिलोपोस्ट

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता किन ? निर्वाचन आयोग जाँदै एमाले र माओवादी नेताहरु

काठमाडौं :  नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु आज दिउँसो ३ बजे संयुक्त रुपमा निर्वाचन आयोगमा जाने भएका छन्।

पछिल्लो समय निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेकाले यसबारे बुझ्न नेताहरु आयोग जान लागेका एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

‘हामी ३ बजे निर्वाचन आयोगमा डेलिगेसन जाँदैछौ, पहिलो कुरा त निर्वाचन आयोग स्वतन्त्र छ निष्पक्ष छ भनी आयोगका पदाधिकारीलाई भन्न हो,’ सचिव श्रेष्ठले भने, ‘अर्को चाहिँ राष्ट्रिय सभाको निर्वाचनबारे बुझ्न हो।’

आयोगले राष्ट्रियसभाका लागि पनि दल दर्ता आह्वान गरी सबैलाई अचम्ममा पारेकाले यसबारे प्रष्ट हुन पनि नेताहरु आयोग पुग्न लागेको उनले बताए।

उनले भने, ‘पहिल्यै दल दर्ता भइसकेको अवस्थामा कहिले दल दर्ता आह्वान गरेको छ, कहिले म्याद थपेको छ। त्यसैले यसबारे बुझ्न हामी आयोग जाँदैछौं।’ 

डेलिगेसनमा एमाले र माओवादीका कोको नेता जाँदैछन् भन्ने बारेभने श्रेष्ठले खुलाएनन्। हिजैमात्र प्रमुख आयुक्त अयोधीप्रसाद यादवले नेकपा एमालेका नेताहरुले संविधान नपढी बोल्ने गरेको आरोप लगाएका थिए।

सरकार निर्माण ढिलाइ हुँदै गर्दा एमाले र आयोगका पदाधिकारीबीच दोहोरी चल्दै आएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell