PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

सुर्खेतमा ८० प्रतिशत हिंसा घरभित्रबाटै



पहिलोपोस्ट

सुर्खेतमा ८० प्रतिशत हिंसा घरभित्रबाटै
प्रतिकात्मक तस्वीर: womenslawproject.wordpress.com

  • ललित बसेल
सुर्खेत :  सुर्खेतमा वर्षेनी लैंगिक तथा घरेलु हिंसाका घटना बढ्दै गएका छन्। जिल्लामा हुने कूल हिंसामध्ये ८० प्रतिशतभन्दा बढी घरभित्रबाटै हुने गरेको त्यस क्षेत्रमा कार्यरत संघसंस्थाले जनाएका छन्। 

महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत आवाज संस्थाले सन् २०१७ मा कूल २६४ हिंसा जिल्लामा भएको तथ्यांक सार्वजनिक गरेको छ। 
जसमध्ये ८० प्रशितभन्दा बढी (२ सय बढी) घटना घरभित्रै भएको जनाइएको छ। संस्थाका अध्यक्ष इरादा गौतम पराजुलीले कूल २६४ हिंसाका घटनामध्ये २ सय बढी घरभित्रकै भएको बताइन्।    

यसवर्ष बलात्कार ७, यौनजन्य व्यवहार ४, बेचविखन १, शारीरिक दुव्र्यवहार ६३, मनोबैज्ञानिक दुव्र्यवहार ११८, बहुविवाह २६, सम्वन्धविच्छेद २१, बालविवाह ७, बोक्सीको आरोप २ र बालबालिका हराउने ३ वटा घटना भएको संस्थाले उल्लेख गरेको छ।

बलात्कार, यौनजन्य व्यवहार, बेचबिखन, शारीरिक दुव्र्यवहार, मनोबैज्ञानिक दुव्र्यवहार, बहुविवाह, सम्वन्ध विच्छेदजस्ता घटनाहरु घरभित्र नै भएको पाइएको अध्यक्ष गौतमले बताइन्। 

यौनजन्य हिंसा घरभित्र नै भइरहेको भन्दै उनले महिला तथा बालबालिकाहरु घरभित्रै असुरक्षित भएको उल्लेख गरिन्। उनले भनिन्, ‘लैंगिक तथा घरेलु हिंसाको घटनाको तथ्यांकले घरबाहिर भन्दा घरभित्र नै बढी हुने गरेको र महिला तथा बालबालिकाहरु घरभित्र पनि असुरक्षित भएको देखाउँछ।

यसैगरी पछिल्लो समय सामाजिक सञ्जाल, मोबाइलजस्ता घटनाले पनि हिंसा बढाइरहेको छ। मोबाइल तथा सामाजिक सञ्जालमा विशेषगरी शिक्षित र पढेलेखेकाबाट हिंसा बढी हुने गरेको पाइएको संस्थाका मनोविमर्शकर्ता निशा पौडेलले बताइन्। 

अघिल्लो वर्ष अर्थात् सन् २०१६ मा पनि लै‌गिक तथा घरेलु हिंसाको घटना यही अनुपातमा थियो। गतवर्ष कूल २४९ वटा हिंसाका घटना भएका थिए। गतवर्ष बलात्कार ८, यौनजन्य दुव्र्यवहार ३, शारीरिक दुव्र्यवहार ५६, मनोबैज्ञानिक दुव्र्यवहार ११२, बहुविवाह २२, सम्वन्धविच्छेद २०, बोक्सीको आरोपमा यातना ३ वटा घटना भएका थिए।

आवाजले यसवर्ष ७१६ जनालाई सेवा पनि दिएको छ। जसमा सामान्य सोधपुछमा ३४ सय २१, मनोविमर्श सेवामा १६४, मुद्दा दर्तामा १५, आपतकालीन आवासमा १०८ जना, पुनस्र्थापना ७५ जनालाई सेवा दिइएको अध्यक्ष गौतमले जानकारी दिइन्।

समाजमा शान्ति छाओस्, समुन्नत घर समाज बनाउन आफूहरुको सक्रियता जारी रहने उनको भनाइ छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell