PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

इपीएलको थ्रिलिङ फाइनल, २४ फोटोमा हेर्नुस्

इपीएलको थ्रिलिङ फाइनल, २४ फोटोमा हेर्नुस्

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्सलाई फाइनलमा १ रनले पराजित गर्दै एभरेष्ट प्रिम्रियर लिग (इपीएल)को उपाधि जितेको छ। शनिबार भएको फाइनलमा विराटनगरले टस जितेर पहिले ब्याटिङ गर्दै १५० रन बनाएको थियो। जवाफमा भैरहवाले पूरै २० ओभर खेलेर ९ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो।

बिदाको दिन भएकोले फाइनल हेर्न झण्डै १५ हजार दर्शक उपस्थित थिए। जुन नेपाली डोमेस्टिक क्रिकेट इतिहासमा अहिलेसम्मकै बढी हो।

च्याम्पियन विराटनगरले इपीएल ट्रफी र नगद २१ लाह हात पार्‍यो। भैरहवाले ८ लाख प्राप्त गर्‍यो।

खेलमा ३ विकेट लिएका विराटनगरका कप्तान पारस खड्का 'म्यान अफ दि म्याच' घोषित भए। यस्त प्रतियोगिताभार सर्वाधिक ३१३ रन बनाएर विराटनगरका बाबर हायत 'प्लेअर अफ सि टुर्नामेन्ट' घोषित भए। उनले अपाचे मोटरबाइक पाए।

भैरहवाका रोहित कुमार पौडेले 'मोस्ट भ्यालुएबल प्लेअर' चुनिए।



ट्रेन्डिङ पोस्ट

Ncell