PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

रानीपोखरी मल्लकालीन शैली, स्वरुपमै निर्माण गरिने, ११ सदस्यीय सुझाव समिति गठन



पहिलोपोस्ट

रानीपोखरी मल्लकालीन शैली, स्वरुपमै निर्माण गरिने, ११ सदस्यीय सुझाव समिति गठन

काठमाडौँ :  रानीपोखरी पुनः निर्माण अब प्रताप मल्लकालीन शैली, स्वरुपअनुसार नै निर्माण गरिने भएको छ। काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा पुनः निर्माण प्राधिकरण र पुरातत्व विभागका पदाधिकारीको संयुक्त बैठकले मल्लकालीन स्वरुप र शैलीअनुरुप नै निर्माण गर्ने निणर्य गरेको हो। 

मंगलबार प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीबीच निर्माणको विषयलाई लिएर विवाद भएपछि आज बसेको बैठकले पुनः निर्माणका लागि अध्ययन गरी १५ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ। 

समितिको प्रतिवेदन पेश भई अर्को निर्णय नआउँदासम्मका लागि पुनःनिर्माणको काम नहुने मेयर शाक्यले जानकारी दिए। 

इतिहासमा उल्लेख भएअनुसार प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन विसं १७२७ मा दुई वर्ष लगाएर बनाइएको सो पोखरी विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएको थियो । 

को को छन् समितिमा ? 

संयोजकः विष्णुराज कार्की, पूर्व महानिर्देशक, पुरातत्व विभाग

सदस्यः सूर्यभक्त साँगाछे, पूर्व महानिर्देशक, भवन विभाग

    राजु मानन्धर, महाशाखा प्रमुख (सम्पदा), राष्ट्रिय पुनर्निमाण प्राधिकरण

    सुदर्शनराज तिवारी, संस्कृतिविद्  

    पुरुषोत्तम डंगोल, स्ट्रक्चरल इन्जिनियर, पुरातत्व विभाग

    काशीना तमोट, संस्कृतिविद्

    सम्पत घिमिरे, डिभिजन इन्जिनियर, पुरातत्व विभाग

    राम बहादुर कुँवर, प्रमुख पुरातत्व अधिकृत, पुरातत्व विभाग

    चिनियामान ब्रजाचार्य, वडा अध्यक्ष, काठमाडौं महानगरपालिका वडा नं २७

    भाइराम खड्की, वडा अध्यक्ष, काठमाडौं महानगरपालिका वडा नं २८

सदस्य सचिवः धनिराम शर्मा प्रमुख प्रशासकीय अधिकृत, काठमाडौं महानगरपालिका
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell