PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

'मदिराको मातमा काठमाडौंमा भारतीय नागरिकको हत्या, होटल सञ्चालकसहित पाँच जना पक्राउ'



सविन ढकाल

'मदिराको मातमा काठमाडौंमा भारतीय नागरिकको हत्या, होटल सञ्चालकसहित पाँच जना पक्राउ'

काठमाडौं: काठमाडौंको गौशालामा रहेको पशुपति भिजनस्थित आमादब्लम होटलमा एक भारतीय नागरिकको हत्या भएको छ।

बुधबार राति भारतको सिलगुडी वस्ने ३५ वर्षिय आदित्य गुरुङको हत्या भएको हो। कुटपिटबाट गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा सिनामंगलस्थित  केएमसी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको थियो।

होटल प्रशासन र गुरुङबीच झगडापछि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको महानगरीय प्रहरी बृत गौशालाका डिएसपी अनुपम श्रेष्ठले बताए।

डिएसपी श्रेष्ठले भने 'होटेल पक्ष र गुरुङबीच झगडा भएको देखिएको छ। थप अनुसन्धान गर्दैछौं।'

मदिरा सेवनबाट उत्पन्न विवादपछि होटल प्रशासन र गुरुङबीच झगडा भएको प्रहरीको भनाइ छ।

गुरुङ बुधबार साँझ उक्त होटेलमा बस्न पुगेका थिए।होटेलका कर्मचारी बौद्ध रामहिटि वस्ने २९ बर्षिय डोनी शेर्पाले रक्सी किन्ने बिषयमा झगडा हुँदा चक्कु प्रहार गरेको खुल्न आएको छ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले होटेल कर्मचारीसहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell