PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाल औषधि लिमिटेड पुनः सञ्चालनको एक वर्ष पुग्यो, माघबाट सिटामोल उत्पादन हुने



पहिलोपोस्ट

नेपाल औषधि लिमिटेड पुनः सञ्चालनको एक वर्ष पुग्यो, माघबाट सिटामोल उत्पादन हुने

काठमाडौं: जीवनजल उत्पादन गरेको नौ महिनापछि नेपाल ‌औषधि लिमिटेडले सिटामोल उत्पादन गर्ने भएको छ।

सिटामोल उत्पादनका लागि ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको कम्पनीका महाप्रवन्धक डा. रोभशकुसम सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार माग दोस्रो सातादेखि सिटामोल उत्पादन भएर बजारमा जानेछ। गत वैशाखमा जीवनजल उत्पादन सुरु गरेको कम्पनीले दशैं, तिहार अगावै सिटामोल उत्पादनको तयारी गरेको थियो।

तर कच्चा पदार्थ सबै भारतबाट आयात गर्नु पर्ने र टेण्डर गरिसकेपछि भारतमा जिएसटी कार्यान्वयमा आएका कारण मंसिरमा सिटामोल उत्पादन गर्ने तयारी गरिएको थियो। मंसिरमा पनि समय घर्किएपछि अब माघ दोस्रो साता मात्र सिटामोल उत्पादन हुनेछ।

गत वर्ष असोजमा तत्कालीन उद्योगमन्त्री नविन्द्रराज जोशीले तीन महिनाभित्र ८ प्रकारका औषधि सिटामोल, आइरन चक्की, जीवनजल, अल्वाजोल, एमोक्सोसिलिन, कफनास, एमजीट र कफहिस उत्पादन सुरु गर्ने बताएका थिए।

तीन महिनाभित्र ८ प्रकारका औषधि उत्पादन गर्ने भनिए पनि ६ महिनापछि गत वैशाख २४ गते मात्र जीवनजलको उत्पादन सुरु भएको थियो। कच्चा पदार्थ सबै नेपाल आइसकेको र औषधी उत्पादनका लागि आवश्यक पर्ने मेसिन पनि आउने क्रममा रहेकाले एक महिनाभित्रै सिटामोल उत्पादन थाल्ने सुवेदीले दाबी गरे।

२०६० सालसम्म १२० वटा औषधी उत्पादन गरिरहेको लिमिटेडले ५५० जना कर्मचारी हुने बेलामा बोनस समेत बाँडेको थियो। त्यसपछि उद्योगको अवस्था निरन्तर ओरालो लाग्दा बिगत ८ वर्षदेखि ग्लिसिरिन र डिस्टिल वाटर मात्र उत्पादन गरिरहेको थियो।

 

कम्पनीमा सुधार

औषधि लिमिटेडले प्रशासनिक सुधारलार्इ अघि बढाएको दाबी गरेको छ। कम्प्युटर प्रविधिको सुरुवात, विद्युतीय हाजिरीको सुरुवात, वेवसाइटको स्थापना, २४ सै घण्टा सुरक्षा, जिएमपी मापदण्डमा आवश्यक प्राविधिकहरुको नियुक्ती र प्रशिक्षण लगायतका काम गरिएको कम्पनीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell