PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

रानीपोखरी पुनर्निर्माणमा मेयर र उपमेयरबीच विवाद, काम रोक्ने उपमेयरको चेतावनी



पहिलोपोस्ट

रानीपोखरी पुनर्निर्माणमा मेयर र उपमेयरबीच विवाद, काम रोक्ने उपमेयरको चेतावनी

काठमाडौँ :  रानीपोखरी पुनर्निर्माणको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरबीच विवाद भएको छ। 

मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठबीच पुनर्निर्माणको विषयलाई लिएर विवाद भएको हो। मेयर शाक्यले पुरातत्व विभागको डिजाइनमा पुनर्निर्माण सुरु गरिएको बताएका छन् भने उपमेयर खड्गीले विभागको डिजाइनविपरीत निर्माण भइरहेको भन्दै त्यसलाई रोक्ने चेतावी दिएकी छन्।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा उपमेयर खड्गीले विवादस्पद रुपमा भइरहेको रानीपोखरीको पुनःनिर्माण कार्यलाई आफूले रोक्ने कार्यमा सहयोग गर्ने बताईन्।

तर मेयर शाक्यले भने पुरातत्व विभागले स्वीकृत गरेको डिजाइनअनुसार नै रानीपोखरीको पुनर्निर्माणको काम अघि बढेको दावी गरेका छन्।

पछिल्लो समय रानीपोखरी पुनर्निर्माणबारे बाहिर विभिन्न किसिमको हल्ला आइरहेका बेला मेयर शाक्ले पुरातत्वको विभागको डिजाइनअनुसार नै काम अघि बढेको बताए।

शाक्यले भने,‘सम्पदा सबैको साझा सम्पत्ति हो त्यसैले अनावश्यक विवाद झिकेर पुनर्निर्माण समस्या नल्याउनुस्।’उनले रानीपोखरी पुनर्निर्माणको आयोजना आफू निर्वाचित हुनुभन्दाअघिकै भएको भन्दै सम्पदा नमासिने गरी जतिसक्दो छिटो काम सम्पन्न गर्न निर्देशन दिइसकेको पनि बताए।

‘पुरातत्व विभाग, पुनर्निर्माण प्राधिकरण र महानगरको सहमतिमै राष्ट्रपतिज्यूले रानीपोखरी पुनःनिर्माणको शिलान्यास गर्नुभएको हो’, मेयर शाक्यले भने,‘यो योजना पहिलाकै भएकाले मैले डिजाइनमा केही सामान्य हेरफेर गरेर पहिलाकैअनुरुप पुनःनिर्माण गर्न निर्देशन दिएको छु।’

‘रानीपोखरीमा वाटर फाउण्टेन राख्छौँ। यो पोखरीलाई रमणीय र सुन्दर पार्कका रुपमा संरक्षण र विकास गर्छौं’, उनले भने,‘सकेसम्म रत्नपार्कको बीचको बाटोलाई पनि वैकल्पिक बाटो बनाएर यो रानीपोखरीको क्षेत्रलाई रत्नपार्कसम्म जोड्ने योजना छ।’

विसं २०७२ मा गएको गोरखा भूकम्पले रानीपोखरी र पोखरीको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिरमा पूर्णरुपमा क्षति पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell