PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

ला लिगा : ८८औँ मिनेटमा गोल खाएपछि एथ्लेटिको मड्रिडको अपराजित यात्रा टुङ्गियो, एल क्लासिको आज



पहिलोपोस्ट

ला लिगा : ८८औँ मिनेटमा गोल खाएपछि एथ्लेटिको मड्रिडको अपराजित यात्रा टुङ्गियो, एल क्लासिको आज

स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा एथ्लेटिको मड्रिड स्पानयोलसँग १-० ले पराजित भएकव छ। निर्धारित समयभन्दा दुई मिनेट अघि गोल खाएपछि एथ्लेटिकोले सिजनको पहिलो हार बेहोरेको हो।

स्यानयोललाई घरेलु मैदान ३ अंक दिलाउन ८८औँ मिनेटमा सर्जिओ गार्सियाले निर्णायक गोल गरे। जितपछि १७ खेलबाट २० अंक जोडेको स्पानयोल १४औँ स्थानमा उक्लेको छ।

हारका बावजुत १७ खेलबाट ३६ अंक जोडेको एथ्लेटिको अंक तालिकामा दोस्रो स्थानमा यथावत छ। एक खेल कम खेलेको बार्सिलोनालाई यसले फाइदा पुगेको छ। ला लिगामा यस सिजन अपराजित रहने एक्लो टिम बार्सिलोनाले आज बहुप्रतिक्षित एक क्लासिको मा रियल मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ।

रियलको घरेलु मैदान सान्टियागो वर्नावेउमा हुने खेल नेपाली समय अनुसार आज बेलुका पौने ६ बजे सुरु हुनेछ।

१६ खेलबाट ४२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा आसिन छ। यता समान खेलबाट ३१ अंक रहेको रियल चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell