PahiloPost

Dec 17, 2018 | २ पुष २०७५


प्रथम महिला पत्रकार सगरमाथा आरोहण टोलीलाई सहयोग गर्ने खेलकुद मनत्रीको प्रतिवद्धता


पहिलोपोस्ट

प्रथम महिला पत्रकार सगरमाथा आरोहण टोलीलाई सहयोग गर्ने खेलकुद मनत्रीको प्रतिवद्धता

काठमाडौं : ‘समानताको लागि बुलन्द आवाज’ भन्ने मुल नाराका साथ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारी गरिरहेको ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण-२०१८’ टोलीलाई बिहीबार युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले भेट गरी आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मन्त्री केसीले आफ्नै मन्त्रालयमा टोलीका ५ सदस्यलाई भेट गरी आर्थिक तथा भौतिक सहयोग गर्ने बताए। उनले सम्बन्धीत व्यक्तिसँग आरोहण टोलीको भेटघाट गर्ने वातावरण मिलाउने, क्याविनेटमा समेत यस विषयको बारेमा जानकारी गराउने तथा प्रधानमन्त्रीसँग पनि विशेष भेटको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

आउँदो चैतमा सगरमाथा आरोहण गर्ने तयारीमा रहेको आरोहण टोलीमा महिला पत्रकारहरु कल्पना महर्जन (माउन्टेन टेलिभिजन), रोशा बस्नेत (राष्ट्रिय समाचार समिति), प्रिया लक्ष्मी कार्की (न्युज २४), रोजिता बुद्धचार्य (वि पि कोइराना मेमवरियल प्लानेटेरियम, अबजरभेटरी र विज्ञान संग्रहालय विकास समिति-नेपाल टेलिभिजन) र देउराली चाम्लिङ (स्वतन्त्र) गरी पाँच जना छन्।

उक्त टोलीले केही दिन नोभेम्वर अन्त्यतिर रामदुङ हिमाल (५९२५ मि) र यालुङ-री हिमाल (५६३० मि) को सफल आरोहण गरिसकेका छन्। यस्तै दोलखाको रोल्वालिङ क्षेत्रमा आरोहण सम्बन्धि तालिम समेत लिएका थिए।

 



प्रथम महिला पत्रकार सगरमाथा आरोहण टोलीलाई सहयोग गर्ने खेलकुद मनत्रीको प्रतिवद्धता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट