PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ककटेल त थाहै भएको हो, भकटेल थाहा छ?



पहिलोपोस्ट

ककटेल त थाहै भएको हो, भकटेल थाहा छ?

मधुशालाका पारखीका लागि 'ककटेल' सामान्य शब्द हो। अनि 'भकटेल' नि? प्रविधिका क्षेत्रमा ककटेलकै स्वरुपमा आएको छ भकटेल अर्थात् – एउटा इन्टर्एक्टिभ पेय। भर्चुअल ककटेल अर्थात् अभौतिक मदिरा। अनुसन्धानकर्ताका अनुसार यसको स्वाद, सुगन्ध र स्वरुप सक्कली मदिरा नै लाग्छ।  

ककटेलमा जस्तै यसमा पनि मिश्रणहरुको स्वाद मिल्छ, रङ्गहरु जोडिन्छन् र फरक अनुभूति हुन्छ भलै यसमा कुनै मदिराहरु मिसाइएको हुन्न।  

भकटेलमा एउटा ग्लास हुन्छ, थ्रीडी प्रिन्टमा आधारित। यसमा इलेक्ट्रोनिक कन्ट्रोल मोड्युल र तीनवटा कार्टेजसँग जोडिएका तीनवटा माइक्रो एयर पम्प हुन्छ। ब्लुटुथको प्रयोगबाट मोबाइल एप्लिकेसनसँग जोड्दै यसमा विभिन्न फ्लेबर, टेस्ट र रङहरु मिश्रण गरिएको हुन्छ।  
ग्लासको किनारामा राखिएको दुई सिल्भर इलेक्ट्रोडोसले जिब्रोमा विशेषखाले तरङ्ग प्रवाह गर्छ जुन मदिरा पिउँदाको जस्तो हुन्छ, स्वाद पनि उस्तै।

मदिराको स्वाद जिब्रोलेमात्र लिने होइन, यसमा जोडिएको एयर पम्पले सुगन्ध प्रवाह गर्छ जसले मदार पिउँदा जस्तो अनुभव हुन्छ त्यस्तै गराउँछ। कार्टेज फेरेर फरक आफूअनुकुलको फ्लेवर स्मेल गर्न पनि सकिन्छ।  

भर्चुअल मदिरा त्यस्ता मानिसका लागि पनि चासोको विषय हो जुन मदिरा पिउन नहुने व्यथाबाट पीडित छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell