PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

आगलागीमा परी भारतको मुम्बईमा १२ जनाको मृत्यु



पहिलोपोस्ट

आगलागीमा परी भारतको मुम्बईमा १२ जनाको मृत्यु
फोटो श्रोतःscroll.in

नयाँदिल्ली :  भारतको आर्थिक राजधानी मुम्बईको एक पसलमा भएको आगलागीमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ। 

मुम्बईको खैरानी सडकमा रहेको भानु फरसान नामक पसलबाट आगलागी सुरु भएको थियो  

सो पसलमा लागेको आगो अत्यन्त छिटो फैलिएको र सोही कारण १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटनामा घाइते भएकाहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ। प्रहरीले आगलागीबाट ध्वस्त भएको भवनको भग्नावशेषमा अझै पनि ६ जना पुरिएको जनाएको छ। 

अग्निनियन्त्रणसम्बन्धी सरकारी अधिकारीहरुले आगो अहिले नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। घटनाको अनुसन्धान सुरु गर्न सरकारले सम्बन्धित अधिकारीहरुलाई आदेश दिएको छ। मुम्बईमा घर भत्किने, आगलागी हुने घटनाहरु निकै हुने गरेका छन्। रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell