PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

इपीएल : ललितपुर प्याट्रिओट्सको विजयी सुरुवात



पहिलोपोस्ट

इपीएल : ललितपुर प्याट्रिओट्सको विजयी सुरुवात

काठमाडौं : ललितपुर प्याट्रिओट्सले एभरेष्ट प्रिमियर लिग (इपीएल)मा विजयी सुरुवात गरेको छ। सोमबारदेखि कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको इपीएलको उद्घाटन खेलमा ललितपुरले काठमाडौं किंग्स एलेभेनलाई ७ विकेटले पराजित गरेको हो।

भारतीय खेलाडी जयकिसन अनिल कुमार कल्सावालाले नटआउट ४४ रन बनाएपछि ललितपुरले ९० रनको सामान्य लक्ष्य १६.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। जयकिसनले ४८ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे। यसैगरी कप्तान ज्ञानेन्द्र मल्लले २० रनको योगदान गरे।

काठमाडौंका अक्षु फर्नान्डोले २ तथा सोमपाल कामीले १ विकेट लिए।

त्यसअघि ललितपुरले टस जितेर फिल्डिङ रोज्दै काठमाडौंलाई ब्याटिङको निम्तो दिएको थियो। कप्तान ज्ञानेन्द्रको उक्त निर्णयलाई बलरहले सही सावित गर्दै काठमाडौंलाई १८.३ ओभरमा ८९ रनमै अलआउट गरिदिए। ललितपुरका लागि भारतिय फास्ट बलर सुबोध कुमार भाटीले ४ तथा नेपाली स्पीनर ललित नारायण राजवंशीले ३ विकेट लिए।

किंग्स एलेभेनका लागि ओपनर अमित श्रेष्ठले सर्वाधिक २७ रन बनाए भने अक्षु फर्नान्डेजले १५ तथा सोमपाल कामीले १४ रन जोडे।

ललितपुरका मेहबुब आलमले २ तथा योगेन नागरले १ विकेट लिए। ४ ओभर बलिङ गर्लदै १४ रन खर्लिचेर ३ विकेट लिएका ललितपुरका  ललित राजवंशी म्यान अफ दी म्याच घोषित भए।

प्रतियोगिताअन्तर्गत मंगलबार पहिलो खेल चितवन टाइगर्स  र पोखरा राइनोज तथा दोस्रो खेल विराटनगर वारियर्स र ललितपुर प्याट्रिओट्सबीच खेल हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell