PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कास्कीमा सुन्तला उत्पादनमा कमी, बगैँचा सुदृढीकरण कार्यक्रम असफल



नरहरि पौड्याल

कास्कीमा सुन्तला उत्पादनमा कमी, बगैँचा सुदृढीकरण कार्यक्रम असफल

पोखरा : कास्कीमा यसवर्ष सुन्तला उत्पादन घटेको छ। गतवर्षको तुलनामा यसवर्ष सुन्तला उत्पाादनमा ५ प्रतिशतले कमी आएको हो।

कास्कीमा गतवर्ष ६ हजार २ सय मेट्रिकटन सुन्तला उत्पादन भएको थियो भने यसवर्ष ६ हजार मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएको छ। 

विगतका वर्षमा जिल्लामा कृषि विकास कार्यालय कास्कीले सुन्तला बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन गरेपनि सुन्तला उत्पादन घटेको छ। 
उद्देश्य अनुरुपको उत्पादन गर्न कार्यालय असफल भएको छ। किसानले प्रविधिक ज्ञान विना नै वयवसायिक सुन्तला खेती अगाडि बढाएपछि कार्यालयले किसानलाई प्राविधिक ज्ञान दिएर उत्पादन बृद्धि गर्ने उद्देश्यले ४ वर्ष अघि कास्कीका विभिन्न स्थानमा बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन गरेको थियो।

कार्यक्रम सञ्चालन भएको सुरुका वर्षमा २५ प्रतिशत उत्पादन बृद्धि भएको थियो। तर,यसवर्ष भने पर्याप्त वर्षा र अनुकुल मौसम हुँदासमेत उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयका प्रचारप्रसार अधिकृत प्रकाश वस्ताकोटीले जानकारी दिए। 

उनका अनुसार सुन्तला बगैँंचामा ह्रास आउनु, बोट सुक्दै जानु र मलजल तथा गोडमेलको कमीहुनु जस्ता कारण उत्पादनमा पाँच प्रतिशतले कमी आएको हो। 

‘सुन्तला बगैंचामा ह्रास, गोडमेल,मलजल र बोटहरुमा बढ्दो रोगको प्रकोप लगायतका कारणले उत्पदनमा कमी आएको हो’ बास्ताकोटीले भने। ‘रोग नियन्त्रण र उपयुक्त स्याहार पुगे अर्को सिजनमा उत्पाद बढ्छ।’

जिल्लामा १ हजार ३ सय ५० हेक्टर क्षेत्र सुन्तला उत्पादनको लागि उपयुक्त भएपनि ७ सय ८० हेक्टरमा मात्रै सुन्तला खेती गरिएको छ। 

कार्यालयका अनुसार यसवर्ष सुन्तला प्रतिकिलो ५५ रुपैयाँका दरले विक्री भइरहेको छ। सुन्तला विक्रिबाट किसानले करिब ३ करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ । 

बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन गरिएका कृस्तिनाच्ने चौर, भरतपोखरी र हंसपुरलागयतका स्थानमा कार्यक्रम अत्यन्त उपयोगी भएको छ। केही स्थानहरुमा ग्रिनिङ पोजेटिभ भाईरसका कारण बोट मर्दै गएका छन्। 

कास्कीका सल्यान, रुपाकोट थुम्की, माझठान, हंसपुर, पुम्दी, निर्मलपोखरी, भरतपोखरी र कृस्तिनाच्ने चौरलगायतका क्षेत्रलाई सुन्तला पकेट क्षेत्रकारुपमा अगाडि बढाएको थियो। 

पहिलो वर्ष सुन्तला खेतीको सुधार कार्यक्रमअन्तरगत ४० लाख रुपैयाँ रकम मध्येवाट ५० हेक्टर क्षेत्रफलमा लगाईएका सुन्तलाका बोटको उपचारमा खर्च गरिएको थियो। 

यस कार्यक्रमअन्तगरत कार्यालयले सुन्तलाको बोटमा लाग्ने रोगको रोकथाम गर्न ३ वर्षसम्म नियमितरुपमा बिषादीजन्य औषधिको प्रयोग गर्दै आएको थियो।

भरतपोखरी, हंसपुरलगायतका स्थानमा लगाईएका सुन्तलाका बोट सिट्रस ग्रिनिङ भाइरसका कारण मर्न थालेको कार्यालयले जनाएको छ। यो रोग नेपालमै पहिलो पटक २०२५ सालमा कास्कीको मालेपाटनमा देखा परेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell