PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विप्लवको तारोमा भ्रष्ट कर्मचारी : दिए चन्दा नदिए कालोमोसो!



सविन ढकाल

विप्लवको तारोमा भ्रष्ट कर्मचारी : दिए चन्दा नदिए कालोमोसो!
प्रतीकात्मक दृश्य

काठमाडौं : भर्खरै सकिएको प्रदेश र प्रतिनिधि सभामा निर्वाचनमा देशभरि नै आतंक मच्चाउन सफल भयो नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी। सरकारले खुलेरै देशभर भएका बिस्फोटनका घटना विप्लव नेतृत्वको समूहले गरेको भन्न आनाकानी गरे पनि उसका कार्यकर्ता भने समात्न कन्चुस्याई गरेन।

बिहानदेखि दिउँसोसम्म विस्फोटका घटना गराउने अनि साँझपख त्यसैका आडमा व्यापारीसँग चन्दा माग्ने विप्पलवको खेती निर्वाचन अवधिभर उर्वर बन्यो। प्रहरीले कार्यकर्ता पक्राउ गरे पनि विप्लव लगायत अन्य नेता भने सधै सुरक्षित नै रहिरहे। एक प्रहरी अधिकृत भन्छन्, 'यो समूहले नक्कली बम बनाएर बिस्फोट गराउँदै व्यापारीलाई त्रासित पार्ने र त्यसपछि चन्दा माग्ने रणनीति अख्तियार गर्योा।'

निर्वाचन सकिएलगतै विप्लव समूहको विस्फोटका आवाजहरु पनि मौन भए। तर, आतंक भने उस्तै छ – बमबाट चन्दातिर सल्किएर। शैली फेरिएको छ – पात्र चयन पनि। विप्लव माओवादीको टार्गेटमा अहिले छन् त्यस्ता कर्मचारी जो 'भ्रष्टाचार'सँग जोडिएका छन्। सुरुमा भ्रष्ट कर्मचारीको पहिचा गर्ने अन चन्दा माग्ने रणनीतिमा यो 'राजनीतिक दल' सक्रिय छ। चन्दा दियो भने माओवादीको यो समूहले त्यस्ता कर्मचारीको कर्म चोख्याउँछ नभए कालो मोसो दलेर भ्रष्टाचारी भएको ठहर्‍याउँछ। नारावाजी पनि चल्छ – 'भ्रष्टाचारीमाथि कारवारी जारी छ।'

केही दिन अघी वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयका एक कर्मचारीलाई यस्तै धम्की आयो। 'हामी विप्लव समूहका हौं। चन्दा सहयोग गर्नुपर्‍यो।' केही दिनसम्म चन्दाको आतंकमा परेका ती कर्मचारीले तलब नदिने निधो गरे। सोही समूहले फेरि सम्पर्क गरेर धम्की दियो- 'चन्दा नदिए भ्रष्ट कर्मचारी भन्दै कार्यालयमा नै आएर कालोमोसो दल्दिन्छौं।'

चन्दा नदिए कालोमोसो मार्फत् 'भ्रष्ट'मा दरिने डरमा रहेका ती व्यक्ति चोखो भने थिएनन। प्रहरी स्रोत भन्छ – 'ती कर्मचारी वास्तवमा नै भष्ट्र थिए।' यसरी धम्की पाउने कर्मचारी सवारी चालक अनुमतिपत्र बनाइदिने भन्दै सेवाग्राहीवाट मोटो रकम असुल्ने गरेको रिपोर्ट प्रहरीकोमा समेत आइपुगेको छ। स्रोत भन्छ, 'उनीहरुले भ्रष्ट कर्मचारी पहिचान गरी मौकाको फाइदा लुट्ने गरेका छन्।'

केही महिनाअघि चितवनको रत्ननगर नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर प्रकाशचन्द्र ढुंगानालाई कालोमोसो दलियो। भ्रष्टाचार गरेको आरोप लगाउँदै इन्जिनियनर ढुंगानालाई कार्यकक्षमै गएर कालोमोसो दलेका हुन्। परियोजना र संस्थागत बजेट पारिदिने नाममा कमिसन खाने गरेको, घरजग्गा र बाटोको सिफारिस गरेवापत सेवाग्राहीवाट कमिसन लिने गरेको र ऐलानी जग्गालाई भूमाफियासँग मिलेर जग्गा दलालको नाममा पास गरेको लगायतका आरोप लगाइएको थियो उनीमाथि। प्रहरीहरु यस घटनालाई पनि 'चन्दाको डिल' हुन नसक्दाको परिणाम मान्छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell