PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

वाम गठबन्धनको ब्याङ्क्वेटबाट घोषणापत्र, फाइभ स्टारबाट धन्यवाद



पहिलोपोस्ट

वाम गठबन्धनको ब्याङ्क्वेटबाट घोषणापत्र, फाइभ स्टारबाट धन्यवाद

काठमाडौं :  वाम गठबन्धनले संयुक्त घोषणापत्र कात्तिक २१ गते काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्क्वेटबाट गरेको थियो। जहाँ एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका थिए। 

चुनावको मतपरिणाम आएपछि वाम गठबन्धनले मतदातालाई धन्यवाद दिन काठमाडौंको फाइभ स्टार होटेल अन्नपूर्णमा संयुक्त पत्रकार सम्मेलन गर्‍यो। 

दुवै कार्यक्रमको एउटै संयोग पत्रकार सम्मेलन रह्यो र दुवै सम्मेलन अस्तव्यस्त रहे। तीनकुनेमा माओवादी अध्यक्ष प्रचण्ड पोडियममै पुगेर बोले भने एमाले अध्यक्ष केपी ओलीको भने आसनमै बसेर बोलेका थिए। प्रचण्ड बोलिसकेपछि उनलाई पनि मञ्चमै गएर बोल्न अनुरोध गरियो। 

तर, ओलीले भने कसैको कुरा सुनेनन्। कुनै माइक ल्याउनु छ भन्दै उनले आसनस्थलबाटै घोषणापत्रबारे आफ्नो भनाई सुरु गरेका थिए। ओलीले आसनस्थलबाटै बोल्न थालेपछि टेलिभिजनका बुम र रेकर्डिङ डिभाइसहरु ओली आसनअघिकै टेबलमा राख्न केही समय लागेको थियो।

ब्याङ्क्वेटमा भएकोले अस्तव्यस्ततालाई सामान्य मानियो।

यसपटक आज फाइभस्टारमा पत्रकार सम्मेलन भयो। फाइभ स्टारमै भएको पत्रकार सम्मेलन पनि व्यवस्थित नभएको भन्दै पत्रकारहरुले प्रश्न गरे। 

प्रश्नको जवाफमा ओलीले भने,‘पत्रकार सम्मेलन विदेशतिर पनि यस्तै हुने रहेछ, कुनै क्यामरा हातमा राख्नु पर्ने, कुनै क्यामेर स्टाण्डमा ठड्याउनु पर्ने हो त्यही भएर व्यवस्थित पार्न गाह्रो छ।’ 

मतदातालाई धन्यवाद दिएपछि पत्रकारलाई प्रश्न सोध्नका लागि समय दिइएको थियो।

घोषणापत्र सार्वजनिकका दिन पत्रकारलाई प्रश्न राख्न दिइएको थिएन। यसपटक भने प्रश्न सोध्न फ्लोर ओपन गरियो। प्रश्न वर्षिँदा कतिपय प्रश्न भने ओली र प्रचण्डको कानसम्म पनि पुगेनन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell