PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

यसरी फुत्काए चन्द्रबहादुरले सिंहदरबारबाट गाडीका टायर, मर्मत सेन्टरका संचालक पक्राउ 



सविन ढकाल

यसरी फुत्काए चन्द्रबहादुरले सिंहदरबारबाट गाडीका टायर, मर्मत सेन्टरका संचालक पक्राउ 

काठमाडौ :  शनिबार सार्वजनिक विदा सबै सरकारी कार्यालय बन्द थिए। तर काभ्रे घर भएका चन्द्रबहादुर मोक्तानलाई भने विदाले छोएको थिएन। उनी थिए स्थानीय विकास मन्त्रालयका उपसचिव बलदेश जोशीका गाडी चालक।

उनी नियमित काममा झैं शनिबार पनि सिहंदरबार छिरे। उनको शनिबारको खेती भने बेग्लै थियो। आफूले चलाउने टोयटा हाइलक्स गाडीको चारवटै टायर झिके। गाडीलाई ढुङ्गाको आड लगाए। उनीसँग अर्को सरकारी जिपको साँचो पनि थियो।

सेतो रङको बा २ झ २९२७ नम्वरको जिपमा चारैवटा टायर हालेर उनी बाहिरिए। सरकारी गाडी भएकाले गेटमा सुरक्षाकर्मीको चेकजाँचसमेत भएन।

ललितपुरको युएन पार्क  नजिकै रहेको भैरव टायर मर्मत सेन्टरमा लगेर गाडी रोके। उनी टायर मर्मत गर्न नभई टायर बेच्न पुगेका थिए। मर्मत सेन्टरका मालिक जगत मगरलाई ३० देखि ५० हजार रुपैयाँसम्ममा विक्री गर्दिनुहोला भन्दै उनी लागे पुल्चोकतिर। फरार रहेका मोक्तानको खेती नै सरकारी गाडीको टायरलगायत सामग्री बिक्रि गर्ने रहेको खुल्यो।

सरकारी सामान बेचविखनमा सहयोग गरेको अभियोगमा प्रहरीले मर्मत सेन्टरका संचालक जगत मगरलाई पक्राउ गरेको छ। गाडीको टायर बेच्ने मोक्तान भने फरार छन्। उनको खोजी भइरहेको महानगरीय प्रहरी बृत सिहंदरबारका प्रहरी निरीक्षक भोजराज पाण्डेले बताए।

काभ्रे स्थायी घरभर्इ हाल काठमाडौंको कालिमाटीमा बस्दै आएका मोक्तान २ वर्षदेखि मन्त्रालयको गाडी चलाउँदै आएका थिए। विगत केहि समयदेखि चालक मोक्तानको शंकास्पद गतिविधि देखिएपछि उपसचिव जोशीले उनलाई कामबाट हटाउन वारेन्ट जारी गरेका थिए। 



 




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell