PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिन्छुः कमल थापा



पहिलोपोस्ट

निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिन्छुः कमल थापा

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा पार्टीको परिणामलाई निराशाजक भनेको छ। पार्टी अध्यक्ष कमल थापाले विज्ञप्ती जारी गरी निर्वाचनको परिणाम अकल्पनिय एवं अत्यन्त निरशाजनक रहेको बताएका हुन्।

उनले निर्वाचन परिणाम पार्टीका लागि प्रतिकुल रहेपनि जनताको मतादेशलाई प्रजातान्त्रिक आदर्श अनुरुप शिरोधार्य गर्ने बताए। 

उनले कार्यकर्ताहरुको अथक प्रयासका वावजुद निर्वाचनमा यस्तो निराशाजनक परिणाम आउनुमा पार्टी अध्यक्षको नाताले सम्पूर्ण नैतिक जिम्मेवारी आफूले लिनेमसेत बताएका छन्।

उनले भनेका छन्,‘ नयाँ संविधान जारी भएपछि भएको पहिलो निर्वाचन परिणामले मात्र नेपालको राष्ट्रिय राजनीतिमा अलग पहिचान र सुस्पष्ट विचार बोकेको राष्ट्रवादी पार्टीको रुपमा स्थापित राप्रपाको औचित्य, आवश्यकता र महत्व समाप्त भएको छैन र हुँदैन।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell