PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

अनुहार लुकाएर युवायुवती नचाउने डिजेका कारण दरबारमार्गमा तनाव, क्लब सञ्चालकसहित १२ पक्राउ



अनुहार लुकाएर युवायुवती नचाउने डिजेका कारण दरबारमार्गमा तनाव, क्लब सञ्चालकसहित १२ पक्राउ

काठमाडौः क्लब डेजाभुमा गएराति भएको घटनालाई लिएर प्रहरीले क्लब सञ्चालकसहित अन्य १२ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा क्रिकेट खेलाडी पृथु बाँस्कोटासहित राजु महर्जन, रितेश मारबाडी, यनव श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने लगायतका रहेको महानगरीय प्रहरी परिसरका एसएसपी रविन्द्र धानुकले बताए।

क्लबले अमेरिकी डिजे मार्समेलो ल्याउने भन्दै ग्राहकसँग महँगो रकम असुलेको तर नल्याएका कारण राति आक्रोशित समूहले क्लबमा तोडफोड गरेको थियो। मार्समेलोको परिचय अज्ञात छ। उनी सार्वजनिक रुपमा सँधै अनुहार लुक्ने गरी हेल्मेट लगाएर देखिने गर्छन्।  

क्लबले अन्तर्राष्ट्रिय चर्चित डिजे मार्समेलो ल्याउने भन्दै ३ हजारदेखि ७ हजार रुपैयाँसम्ममा टिकट बिक्री गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।

क्लब डेजाभुमा आउने भनिएका डिजे मार्समेलो केही दिन अगाडि नेपाल आएर होटल द्वारिकाजमा बसेका खुल्न आएको छ। मार्समेलोले  आफू अस्वस्थ भएका कारण क्लबमा नआएको भन्दै ट्वीटरबाट माफी मागेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell