PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रदेश २ को बारामा कांग्रेसले ल्यायो समानुपातिकमा बढी मत, एमाले दोस्रो



प्रदेश २ को बारामा कांग्रेसले ल्यायो समानुपातिकमा बढी मत, एमाले दोस्रो

वीरगंज : प्रदेश २ को बारा जिल्लामा नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेश सभामा समानुपतिकतर्फ सर्वाधिक मत प्राप्त गरेको छ।

कुल ३ लाख ४९ हजार ९४९ मतदाता रहेको बारामा कांग्रेसले प्रतिनिधि सभामा ४५ हजार ७४८ मत पाएको छ भने प्रदेश सभामा ४३ हजा। ७६ मत प्राप्त गर्न सफल भएको छ।

दोस्रो स्थानमा रहेको एमालेले प्रतिनिधि सभामा ४० हजार ८०० मत पाएको छ भने प्रदेश सभामा ३६ हजार ६६६ मत पाएको छ। तेस्रो स्थानमा रहेको फोरम नेपालले प्रतिनिधिसभातर्फ ३६ हजार ७५९ मत ल्याएको छ भने प्रदेश सभामा ३३ हजार ३६० मत ल्याएको छ।

चौथोमा रहेको राजपा नेपालले प्रतिनिधि सभामा २७ हजार ८४१ मत पाएको छ भने प्रदेश सभामा २५ हजार १५६ मत पाएको छ। माओवादी केन्द्रले प्रतिनिधि सभामा १५ हजार ९०७ मत, प्रदेशसभा तर्फ १६ हजार १८१ मत,राप्रपाले प्रतिनिधि सभामा ४ हजार ८५३ मत,प्रदेश सभामा २ हजार ५६८ मत, नेपाल संघीय समाजवादी पार्टीले प्रतिनिधि सभामा ३ हजार ६१७ मत,प्रदेश सभामा ३ हजार ४१५ मत पाएको छ। विवेकशील साझा पार्टीले प्रतिनिधि सभामा १ हजार ४७२ प्रदेश सभामा १ हजार १६८ मत ल्याएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell