PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चुनावी प्रतिस्पर्धामा रहेका सबै महिला पराजित



पहिलोपोस्ट

 चुनावी प्रतिस्पर्धामा रहेका सबै महिला पराजित

पोखरा: कास्कीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलका सबै महिला उम्मेदवार पराजित भएका छन् । 

प्रदेशसभा क्षेत्र नं ३ (क)मा निकटतम नेपाली कांग्रेसकी शारदा पौडेलले १३ हजार ५७ मत ल्याएर पराजित भइन्।  उक्त क्षेत्रमा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रामजी बरालले १५ हजार ८२३ मत प्राप्त गरी विजयी भए।
 
प्रतिनिधिसभा क्षेत्र नं २ मा राष्ट्रिय जनमुक्ति पार्टीकी उमा दर्लामी, राष्ट्रिय जनमोर्चाकी दालकुमारी खत्री, संघीय समाजवादी फोरम नेपालकी रत्न भट्टचन र नेपाल दलित पार्टीकी लक्ष्मी विश्वकर्मा पनि चुनावी प्रतिस्र्धामा उत्रिएका थिए।
 
यस्तै प्रदेशसभा क्षेत्र नं १ (क) मा मंगोल नेशनल अर्गनाइजेशनकी ज्ञानु गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीकी सीता श्रीस मगर, (ख)मा संघीय समाजवादी फोरम नेपालकी काशीमाया गुरुङ, प्रदेश नं २ (क)मा राप्रपाकी विष्णु खड्का, (ख)मा नेपाल दलित पार्टीकी मिठु परियार, प्रदेश नं ३ (ख)मा नेपाल दलित पार्टीकी कमला विक र राप्रपाकी धनुमाया कोइराला आचार्य पनि प्रतिस्पर्धी बनेका थिए। 

जिल्लाभर प्रतिनिधिसभाका लागि तीन र प्रदेशसभाका सदस्यका लागि छ निर्वाचन क्षेत्रमा तीन स्वतन्त्रसहित १२ महिलासहित ९५ जना चुनावी प्रतिस्पर्धामा थिए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell