PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

सर्लाही ४ मा कांग्रेसका अमरेश कुमार सिंह विजयी



पहिलोपोस्ट

सर्लाही ४ मा कांग्रेसका अमरेश कुमार सिंह विजयी

सर्लाही : सर्लाही क्षेत्र नम्वर ४ मा नेपाली कांग्रेसका डा. अमरेश कुमार सिंह विजयी भएका छन्।

निकटतम प्रतिस्पर्धी राजपा नेपालका राकेश कुमार मिश्रलाई १ हजार ५ सय ३९ मतले पछि पार्दै सिंह निर्वाचित भएका हुन्। सिंहले २९ हजार ६ सय ७५ मत प्राप्त गरे भने मिश्रले २८ हजार १ सय ३६ मत पाए।

अमरेजले जितपछि नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ जितेको संख्या २२ पूगेको छ।

कांग्रेस नेता सिंहले २०७० सालको निर्वाचनमा सोही क्षेत्रबाट तमलोपाका तत्कालिन अध्यक्ष महन्थ ठाकुरलाई पराजित गरि सांसद बनेका थिए।

आइतवार रातीदेखि रोकिएको क्षेत्र नं. ४ को मतगणना दलका प्रतिनिधीबीच सहमति जुटाएर मंगलबार बिहानदेखि सूरु भएको थियो। मतगणनाको विषयलाई लिएर राजपा र कांग्रेसका कार्यकर्ताबीच झडपनै भएपछि कडा सुरक्षाकाबीच मतगणना सम्पन्न गरिएको हो।

४ नं. क्षेत्रको नतिजा सार्वजनिक भएसँगै सर्लाहीको प्रतिनिधी सभा तर्फका ४ वटै र प्रदेश सभा तर्फका ८ वटै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमा प्रतिनिधी सभातर्फ राजपाले दुई, वाम गठवन्धन र कांग्रेसले एक–एक क्षेत्रमा विजय हासिल गरेको छन्। प्रदेश सभा तर्फ राजपा नेपालले ४, वाम गठवन्धन र कांग्रेसले समान दुई–दुई स्थानमा जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell