PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

युरोपियन च्याम्पियन्स लिग ड्र : अन्तिम १६ मा रियल र पिएसजी तथा बार्सिलोना र चेल्सी भिड्ने



पहिलोपोस्ट

युरोपियन च्याम्पियन्स लिग ड्र : अन्तिम १६ मा रियल र पिएसजी तथा बार्सिलोना र चेल्सी भिड्ने

युरोपियन च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा साविक विजेता रियल मड्रिड र बार्सिलोनाले कठिन प्रतिद्वन्दी पाएका छन्।

सोमबार गरिएको अन्तिम १६ को ड्र अनुसार रियलले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) तथा बार्सिलोनाले इंगलिस क्लब चेल्सीसँग भिड्ने भएका हुन्।

यस्तै अर्को इंगलिस क्लब टोटनहमले इटालियन जायन्ट्स युभेन्ट्ससँग प्रतिस्पर्धा गर्ने भएको छ।

म्यानचेष्टर सिटी, म्यानचेष्टर युनाइटेड र लिभरपुलले भने तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी पाएका छन्। सिटीले बासेल, युनाइटेडले सेभिया तथा लिभपुरलले पोर्टोसँग अन्तिम १६ मा खेल्नेछ।

यसैगरी जर्मन क्लब वायर्न म्युनिखले टर्कीको बेसिकटास तथा इटालियन क्लब रोमाले युक्रेनको साख्तर डोनेस्कसँग प्रतिस्पर्धा गर्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell