PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

वाम गठबन्धन बनाएर धेरैलाई पार लगाएका वामदेव आफैं पास हुन सकेनन्



पहिलोपोस्ट

वाम गठबन्धन बनाएर धेरैलाई पार लगाएका वामदेव आफैं पास हुन सकेनन्

काठमाडौं :  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम सिंचाइमन्त्री सञ्जयकुमार गौतमसँग पराजित भएका छन्।

बर्दिया १ मा चुनावी मैदानमा रहेका गौतमलाई ७५३ मतले पछि पार्दै सिंचाइ मन्त्री गौतम विजयी भएका हुन्। सञ्जयले ४४ हजार ८२९ मत पाएका छन् भने वामदेवले ४४ हजार ७६ मत पाएका छन्।

वर्तमान वाम गठबन्धनका मुख्य रणनीतिकार गौतमले गठबन्धनको बलमा धेरै उम्मेदवारहरुलाई पार लगाए पनि आफै भने चिप्लिन बाध्य भए। 

पराजित हुने एकमात्र हाइप्रोफाइल एमाले नेता गौतम नै हुन्। गौतम अहिले नेकपा एमालेको केन्द्रीय उपाध्यक्ष समेत हुन्।

नेकपा एमाले विभाजन गरेर नेकपा मालेका अध्यक्ष रहिसकेका उनी पुन: एमालेमै समाहित भएका नेता हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell