PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

इलाममा ६५ प्रतिशत मत खस्यो, शुक्रबार बिहान १० बजेदेखि मतगणना



पहिलोपोस्ट

इलाममा ६५ प्रतिशत मत खस्यो, शुक्रबार बिहान १० बजेदेखि मतगणना

इलाम :  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा इलाममा ६५ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृत कृष्ण सुवेदीका अनुसार जिल्लाभर शान्तिपूर्ण तवरले मतदान सम्पन्न भएको छ।

शुक्रबार बिहान पाँच बजेसम्ममा जिल्लाभरका मतपेटिका सदरमुकाम ल्याइसक्ने उनले जानकारी दिए। त्यसपछि ६ बजे सर्वदलीय बैठक बोलाउने र १० बजेदेखि मतगणना थाल्ने तयारी रहेको उनले बताए। 

‘२६ संकलन केन्द्रमा जिल्लाभरका मतपेटिका भेला गरी सदरमुकाम ल्याइनेछ, उनले भने– रातभरमा सबै मतपेटिका सदरमुकाम आर्इसक्छन्।’ 

इलामका दुबै निर्वाचन क्षेत्रमा एमालेकातर्फबाट हेभिवेट उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्। क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र २ मा पूर्वसभामुख सुवास नेम्बाङ उम्मेदवार भएका कारण जिल्लाको चुनावी परिणाम चासोमा परेको छ।

नेपाली कांग्रेसकातर्फबाट क्षेत्र नम्बर १ मा भूपेन्द्र कट्टेल र क्षेत्र नम्बर २ मा स्थानीयस्तरमा लोकप्रिय नेता केशव थापा उम्मेदवार छन्।इलाममा स्थानीय निर्वाचनको तुलनामा मतदान घटेको हो। स्थानीय निर्वाचनमा ७३ प्रतिशत मत खसेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell